• १२ साउन २०८१, शनिबार

भगवान् शिवसम्बन्धी कला प्रदर्शनी

blog

काठमाडौँ, चैत ४ गते । महाशिवरात्रिका अवसरमा आर्ट बुमको आयोजनामा ‘शिव’ शीर्षकका कला प्रदर्शनी सञ्चालनमा रहेको छ ।  काठमाडौँ ठमेलस्थित होटल आर्ट्स ग्यालरीमा प्रदर्शित कलामा कलाकारले भगवान् शिवका विषयलाई विभिन्न माध्यममा चित्रण गरेका छन् । कला प्रदर्शनीमा यस पटक १९ जना कलाकारले सिर्जना गरेका २१ कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकार चिरञ्जीवी भट्ट, दिनेश शाक्य, किपा राणा, मलिका उदास, सुषमा राजभण्डारी, मिनरत्न वज्राचार्य, मदन श्रेष्ठ, ओमप्रकाश गुरुङ, जुजुकाजी श्रेष्ठ, सजिता श्रेष्ठ, सानुराज डङ्गोल, विकेश घिमिरेलगायत कलाकारका कला समावेश गरिएको छ । 

विगत चार वर्षदेखि विभिन्न नेपाली चाडपर्व तथा उत्सवसँग जोडेर कार्यक्रम गर्ने गरिएको आर्ट बुमका प्रमुख रत्न शाक्यले जानकारी दिनुभयो । कला प्रदर्शनी आगामी चैतको पहिलो हप्तासम्म प्रदर्शनी हुने छ ।