धार्मिक शिविर छाडेर काली कम्बलवाला बाबा फरार
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली कम्बलवाला बाबाले फागुन ३० गतेदेखि ११ दिनका लगाएको निःशुल्क धार्मिक शिविर छाडेर बाबा फरार हुनु भएको छ ।
इजराइली सैनिकले गाजामा योजनाबद्ध स्थल आक्रमण गर्ने
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।
माओवादीसँग एकताको पक्षमा उभिएका नेसपा नेता जिम्मेवारी मुक्त
नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिएका नेतालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।
प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको निवासमा आइतबार मुख्यमन्त्री कार्यालयले गरेको स्वागतलगत्तै कार्यालय पुगेर भट्टले पदभार ग्रहण गर्नुभएको हो ।
जलेकी किशोरीको मृत्यु
कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएकी किशोरीको मृत्यु भएको छ । शुक्रवार दिउँसो नवदुर्गा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका थिए ।
आयल निगम र एनआईएमबी फाइनलमा
नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कुस्ती सङ्घमा कुसारी
प्रकाशकुमार कुसारीको अध्यक्षतामा नेपाल कुस्ती सङ्घको नयाँ नेतृत्व चयन भएको छ ।
विराट चक्रविज्ञान कार्यक्रम आयोजना हुने
गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्नेगरी बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजारको सहभागितामा विराट चक्रविज्ञान कार्यक्रम हुने भएको छ ।
टेलिकमका अधिकृतविरुद्ध एक करोड ६१ लाखको भ्रष्टाचार मुद्दा
नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध एक करोड ६१ लाख २० हजार चार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
डेउडा संस्कृति जोगाउन ऐन बनाउन माग
सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षणका लागि प्रदेश सरकारले ऐन बनाउनु पर्ने माग संस्कृतिका चिन्तकले गर्नुभएको छ ।
डढेलो उच्च जोखिम क्षेत्रमा विशेष अभियान
पूर्वी नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिम क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ ।
प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्माको हत्या
लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका २१ वर्षीय रुपेन्द्र लामाले प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सिधनियाघाटमा सरसफाइ अभियान
बाँकेको राप्ती नदीस्थित सिधनियाघाट सरसफाइ अभियान शनिवारबाट आठौं हप्तामा प्रवेश गरेको छ । नेपालगन्जमा विभिन्न सामाजिक कार्यमा क्रियाशील संस्था ‘क्लिन नेपालगन्ज ग्रीन नेपालगन्ज’ र ‘नेपालगन्ज ग्यालरी’ ले सुरु गरेको राप्ती नदीस्थित सिधनियाघाट सरसफाइ अभियान आठौं हप्तामा प्रवेश गरेको हो ।
साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात
साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।
बागमतीमा हाम्रो नेपाली पार्टीले सरकार गठन गर्न पहल गर्ने
राममणि दाहालहेटौँडा, चैत ४ गते। बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक रहेको हाम्रो नेपाली पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। हाम्रो नेपाली पार्टीले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो।पार्टीका प्रवक्ता इन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको जानकारी दिनुभयो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको केन्द्रमा बनेको गठबन्धन टुटेसँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशका बहुमतको सरकार बनाउन ५६ प्रदेश सभा सदस्य आवश्यक हुन्छ। तर केन्द्रमा बनेको सत्ता समीकरण अनुसार यस प्रदेशमा बहुमत पु र्याउन एक जना प्रदेश सभा सदस्य अपुग हुन्छ। हाम्रो नेपाली पार्टीको बागमती प्रदेश सभामा दुई जना प्रदेश सभा सदस्य छन्। एमाले, माओवादी केन्द्रसहितको गठबन्धनलाई बहुमतका लागि राप्रपा, हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन अनिवार्य हुन्छ।हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका गठबन्धनले आफ्नो पार्टीलाई राम्रो व्यवहार नगरेको बताउँदै अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको हो। उता पार्टी प्रवक्ता कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो नेपाली पार्टी तयार रहेको बताउँदै अहिले अन्य दललाई समर्थन नगर्ने पक्षमा पुगेको बताउनुभयो।
जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते
बेनी नगरपालिका –७ महारानीथान नजिक जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
पोखराको व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताउनुभएको हो ।
सिटी एफए कपको सेमिफाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।
होलीको रङमा रङ्गिए कञ्चनवनका बासिन्दा
“किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरि, हो अविर झोरि, मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी । राम जीके हाथ कनक पिचकारी, सिया जि के हात अविर झोरि हो अविर झोरी मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी ।”
पलेशा पारा ओलम्पिकमा छनोट
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा छनोट हुनुभएको छ ।
सरकार ढाल्ने चलखेलमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
थन्किए सरकारी नगर बस
नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् ।
२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा
बयालिस हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।
रावण पार्क निर्माण योजना अलपत्र
म्याग्दीको बेनी नगरपालिकाले निर्माण गर्न लागेको रावण पार्क योजना अलपत्र परेको छ । नगरपालिकाको वडा ५ पछैमा निर्माणाधीन रावण पार्क योजना १८ महिनादेखि अलपत्र परेको हो ।