• १५ वैशाख २०८१, शनिबार

आयल निगम र एनआईएमबी फाइनलमा

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, चैत ४ गते । नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

राष्ट्रिय वाणिज्य बैँकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको आइतबार भएको सेमिफाइनलमा आयल निगमले नेपाल बैंक लिमिटेडलाई ४–१ गोलले हरायो । 

आयल निगमका लागि राम विश्वकर्मा र लक्ष्मण विश्वकर्माले दुई दुई गोल गर्नुभयो । नेपाल बैँकबाट सन्जिव जोशीले सान्त्वना गोल फर्काएनुभयो । 

सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको अर्को सेमिफाइनलमा एनआईएमबीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई १–० गोलले हरायो । एनआईएमबीका पविक्रम कार्कीले निर्णयक गोल गर्नुभयो । 

प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: ५० हजार, ३० हजार र २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।