मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।
सडकको अवस्था धेरै राम्रो हुँदै गइरहेको छ
गुल्मी जिल्लाको मदाने गाउँपालिका ऐतिहासिक तथा धार्मिक स्थलका लागि परिचित छ । कङ्केदेउराली, पुर्कोटकोट, खड्ग भगवती, अस्कुना, मदाने लेक, टोप्रे लेक, रोल्मा मनकामना, सिर्सेनी कोट जस्ता मन्दिर यहाँका प्रसिद्ध ऐतिहासिक स्थल हुन् । जैविक विविधताका हिसाबले समेत मदाने प्रख्यात मानिन्छ । मदाने क्षेत्रमा चार प्रजातिका विश्वकै दुर्लभ चराको बासस्थान छ । चिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिलको यहाँ बासस्थान छ । गाउँपालिकाको अध्यक्ष महेन्द्रबहादुर कुँवर हुनुहुन्छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित कुँवरसँग स्वास्थ्य क्षेत्रमा ३१ वर्ष सेवा गरेको अनुभवसमेत छ । प्रस्तुत छ अध्यक्ष कुँवरसँग गोरखापत्रका गुल्मी समाचारदाता रमेश विश्वकर्माले गर्नुभएको कुराकानी :
सगरमाथा नजिकैको मानव बस्ती
विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा
सामुदायिक वन डढेलोको उच्च जोखिममा
पूर्वी नवलपरासी जिल्लाका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको पाइएको छ । डढेलाका कारण वन सम्पदा, प्राकृतिक ऊर्जा र मानवीय धनजनको ठुलो क्षति हुँदै आएको छ ।
डढेलो रोकथाम गर्न पूर्वतयारी
वन डढेलो रोकथामका लागि तनहुँमा विशेष अभियान सुरु गरिएको छ । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालयले विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न चैत १ देखि ७ सम्म वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । सो कार्यक्रम अन्तर्गत गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गरिएका छन् ।
समयमै पाठ्यपुस्तक
हरेक व्यक्तिका लागि विद्यालय नै भावी जीवनको सम्पूर्ण आधार हो । त्यसैले विद्यालय शिक्षा प्रभावकारी भएका मुलुक सम्पन्नताको खुट्किलोमा अगाडि छन् । विद्यालय शिक्षालाई व्यवस्थित बनाउन निर्धारित पाठ्यक्रम र त्यस आधारमा तयार गरिएका पाठ्यपुस्तक अपरिहार्य छ तर विगतमा समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको थिएन । पाठ्यपुस्तक छपाइ तथा ढुवानीमा सम्बद्ध संस्थाको कतिपय कमजोरीले विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्न नसक्दा शैक्षिक क्रियाकलापमै कठिनाइ उत्पन्न भएको थियो ।
सङ्घीयता र ‘खण्डहर’ गाउँ
नेपालको संविधान २०७२ जारी भएसँगै २०७४ सालमा पहिलो पटक सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तीनै तहको निर्वाचन भएपछि बल्ल सङ्घीयता कार्यान्वयनमा आएको हो । सङ्घीयता कार्यान्वयनमा आएसँगै त्यसको मर्म र भावना अनुसार स्थानीय तहको विकास निर्माणले गति लिने आमनागरिकको अपेक्षा थियो । साथै, घरआँगनमै सरकारको उपस्थिति भएपछि अधिकार, साधनस्रोत र विकासका लागि सिंहदरबारसम्म धाउनु नपर्ने उनीहरूको बुझाइ थियो ।
भेपको पासोमा किशोरकिशोरी
केही दिन पहीले काठमाडौँकै एक विद्यालयको वार्षिकोत्सवमा पूर्वविद्यार्थीले भेप बेचेको समाचार सार्वजनिक भयो । सो स्कुलबाट पढाइ पूरा गरेका दाइदिदीहरूले बिक्री गरेको भेपलाई विद्यार्थीहरूले सामान्य रूपमा लिए । उनीहरूलाई यो विदेशबाट आयात गरिएको पानीको बाफ हो, खाँदा रमाइलो हुन्छ भनेर भेप बेचिएको थियो । पछि अभिभावकले चाल पाएपछि मात्र यो विषय सबैको सरोकारको विषय बन्न पुग्यो । विद्यालयले समेत अभिभावक र सञ्चार माध्यमबाट चासो र सरोकार राख्नुअघि भेप बिक्रीवितरणमा कुनै गम्भीरता देखाएको पाइएन ।
भारतमा मोदीको दशक
टर्कीका एर्डोगान र रुसका पुटिन जस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतीय अर्थव्यवस्थालाई आफ्नो शासन कालमा धेरै मजबुत बनाए । त्यसैले त तेस्रो कार्यकालका लागि जनताले म्यान्डेट दिनेमा भाजपा ढुक्क हो । भारतका प्रसिद्ध आर्थिक पत्रकार पूजा नैयरले मोदीको पहिलो शासनकाललाई हराएको दशकभित्र समावेश गरे पनि पछिल्ला दिनमा भारतले आफ्नो अर्थव्यवस्थामा गरेको संरचनागत सुधारले लामो अवधिका लागि नभए पनि मध्यम अवधिका लागि भारतको भविष्य उज्ज्वल रहेको मानिएको छ । अर्थव्यवस्थाको संरचनागत सुधारको हकमा मोदीलाई पिभी नरसिंह राव र अटलबिहारी बाजपेयीको पङ्क्तिमा
गठबन्धन आवश्यकता कि बाध्यता
२०७९ मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा फरक कित्ताबाट चुनावमा होमिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सरकार बनाउने बेला विभिन्न परिस्थितिले एकै कित्तामा उभिन पुगे । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस (८९ सिट) ले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछाडेपछि कांग्रेससँगै गठबन्धन गरेर चुनाव लडेको माओवादीले सरकार बनाउन दोस्रो ठुलो दल एमाले (७८ सिट) सँग गठबन्धन गर्नु परेको थियो । निर्वाचनमा होमिँदा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धन थियो । निर्वाचनपछि मिलेरै सरकार बनाउने वाचा उनीहरूले जनतामाझ गरेका थिए तर निर्वाचन परिणामपछि परिस्थिति त्यस्तो हुन सकेन ।
ढोरपाटनमा आलु खेतीका लागि क्षेत्र विस्तार
जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।
बेनी अस्पताल सात वर्ष देखि अलपत्र, सेवा प्रभावित
कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन ।
‘रङ्गेली’ हिन्दीमा पनि
प्रदर्शनरत चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । युसुफ सेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले भारत वितरणका लागि अधिकार लिएको निर्देशक अर्जुन सुवेदीले बताउनुभयो । चलचित्र भारतका करिब एक सय स्क्रिनमा प्रदर्शन हुने कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बताउनुभयो । उहाँले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र छिट्टै भारतमा प्रदर्शन हुने मिति सार्वजनिक गरिने पनि जानकारी दिनुभयो । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
प्रसारण लाइन बनाउन बोलपत्र आह्वान
एमसिए नेपालले न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्न यो बोलपत्र आह्वान गरिएको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदानमा बनाउने भनिएको विद्युत् प्रसारण आयोजना अन्तर्गत ३१५ किमी लामो प्रसारण लाइन निर्माणको प्रक्रिया जग्गा अधिग्रहण तथा ठेक्का तयारीमै अलमलिएको छ । यो अलमलले अन्तरदेशीय प्रसारण लाइन नै समयमा तयार नहुने अवस्था आएकाले सो खण्ड छुट्टै निर्माण गर्न थालिएको हो । आगामी जेठ ३ गतेसम्म बोलपत्र पेस गर्ने समयसीमा उपलब्ध गराएको प्रस्ताव अनुसार ठेकेदारले प्रसारण लाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने छ ।
प्रज्ञा–प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा
नेपाल प्रज्ञा–प्रतिष्ठानले १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा–प्रतिष्ठान कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
चिया बगान जस्तै अम्रिसो घारी
चैत महिना, ढकमक्क गुराँस फुल्ने समय हो तर गुराँस ओइलिएर झरिसकेका छन् । बोटबिरुवाले पालुवा फेरेर नयाँ पालुवा नआइसकेकाले पडाड नै उराठलाग्दो देखिन्छ तर त्यही उराठलाग्दो पहाडको काखमा यस्तो सुन्दर हरियाली छ कि त्यसले इलामको चिया बगानलाई नै बिर्साइदिन्छ । नवलपुर जिल्लाको बौदीकाली, हुप्सेकोट र बुलिङटार गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसोले हरियाली छाएको छ । सूर्योदय, सूर्यास्त र हिमाली क्षेत्रको दृश्यावलोकनका लागि उपयुक्त रहेका यी पालिकाका पहाडी क्षेत्रका सबैभन्दा उच्च तथा पर्यटकीय सम्भावना बोकेका रमणीय ठाउँमा यतिबेला अम्रिसोले थप रौनक र सुन्दरता थपेको छ ।
पाँचथरको घुर्विसेमा लागेको आगो नियन्त्रणमा
पाँचथर र इलामको सीमावर्ती घुर्विसे पञ्चमी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । घुर्विसे पञ्चमी इलामको फाकफोक थुम गाउँपालिकासँग सिमाना जोडिएको घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र समेत हो । यहाँ आइतबार साँझ ८ बजे सुरु भएको आगो करिब १० बजे नियन्त्रणमा लिइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताउनुभयो ।
स्वर्गद्वारी गुठीपीडित काठमाडौँमा, समस्या समाधान गरिने
झन्डै एक महिनादेखि दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अगुवाहरू काठमाडौँ आएका छन् । तत्काल गुठी विधेयक ल्याउन माग गर्दै सबै पार्टीका शीर्ष नेतालाई भेटेर दबाब दिन उनीहरू राजधानी आएका हुन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका नेता दीपक गिरीलगायतसँग भेटेर आफ्ना कुरा राखेका छन् । गुठीपीडित किसान सङ्घर्ष समितिको छलफलमा मन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेको बताउँदै जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
खड्काविरुद्धको मुद्दामा पुनरावेदन
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विपक्षी बनाएर दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । खड्काको आय र व्ययतर्फका शीर्षकमा आफूले गरेको मूल्याङ्कन रकमलाई मान्यता नदिई विशेष अदालतले अन्यथा तथा फरक अङ्क कायम गरी फैसला गरेको आयोगले दाबी गरेको छ । साथै अदालतबाट फैसलाका क्रममा अदालतले लिएको कानुनी आधार र प्रमाण त्रुटिपूर्ण रहेको पनि आयोगको दाबी छ ।
रुख चढ्दै र ओर्लंदै परीक्षाको तयारी
काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् । बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् ।
पोखरा पर्यटन राजधानी चुनौती र अवसर दुवै
पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रदेश, महानगर, छिमेकी स्थानीय तह, स्थानीयवासी र सङ्घ, संस्थाको सहभागितामा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटनको राजधानी घोषणा गर्नुभयो । पर्यटनको राजधानी घोषणासँगै लेकसाइडसहित सहरका मुख्य क्षेत्र चौबिसै घण्टा खोल्न पाइने भएको छ । अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारले चौबिसै घण्टा खोल्ने अनुमति पाए पनि अरू बजार राति १० बजेपछि बन्द हुने गरेका थिए ।
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख बढी कारोबार
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।