• १३ साउन २०८१, आइतबार

पाँचथरको घुर्विसेमा लागेको आगो नियन्त्रणमा

blog

घुर्विसे पञ्चमीको आगो नियन्त्रणमा लिँदै स्थानीय । तस्बिर: गोरखापत्र

राधा लुइँटेल

फिदिम, चैत ५ गते । पाँचथर र इलामको सीमावर्ती घुर्विसे पञ्चमी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । घुर्विसे पञ्चमी इलामको फाकफोक थुम गाउँपालिकासँग सिमाना जोडिएको घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र समेत हो । यहाँ आइतबार साँझ ८ बजे सुरु भएको आगो करिब १० बजे नियन्त्रणमा लिइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताउनुभयो ।

उहाँका अनुसार आगलागीका कारण तीन वटा घर जलेका छन् । आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।आगलागीमा स्थानीय कवीन्द्र लावती,अम्बिका सापकोटा र श्रीनारायण भट्टराइका घर जलेका हुन । क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको  मग्रातीले बताउनुभयो ।