• २१ वैशाख २०८१, शुक्रबार

फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख बढी कारोबार

blog

काठमाडौं, चैत ४ गते । फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। 

बिहीबारदेखि  आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन  भएको २५ औं अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा ४९ हजार एक सय जनाले  अवलोकन  गरेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । 

उक्त एक्पोमा मौसमी फूल, फूल्ने तथा नफुल्ने आलंकारिक बोट बिरुवा, कृषि औजार, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस,  प्याकेजिङका सामाग्री लगायत अन्य प्रदर्शनी तथा बिक्री कक्ष थिए । 

यस्तै उक्त एक्स्पोमा व्यावसायिक स्टल ५०, ल्याण्डस्केपिङ स्टल ३, अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल र फुड स्टल एकएक वटासहित जम्मा ७३ वटा स्टल रहेको तामाङले बताउनुभयो। 

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ एस्पो सञ्चालन भएको हो ।