सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गर्न माग
नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
‘समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता’
विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।
प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति पौडेल पूर्णाहुति पूजामा सहभागी
राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यकाे मूल छत्र–गजुर जीर्णाेद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी हुनुभएको छ ।
‘सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भूमिका खेल्छु’
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।
सदरमुकामनजिक जङ्गलमा आगलागी
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारनजिक रहेको बराहपाखो जङ्गलमा भीषण आगलागी भएको छ ।
चोरीको मोटरसाइकलसहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ भंगालबाट आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
आयआर्जन बढाउन झोला निर्माण तालिम
ताप्लेजुङमा घरेलु उत्पादन प्रवर्धन गर्न झोला निर्माण (बनाउने) गर्ने तालिम सञ्चालन गरिएको छ । घरेलु तथा स्थानीय उत्पादनका ढाका, खाँडी र अल्लोको कपडालाई झोला निर्माण गर्न कच्चा पदार्थको रूपमा प्रयोग गरी तालिम सञ्चालन गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
इसानाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शोकमा रहेकाहरूसँग जनप्रतिनिधिको भेट
वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर शोकमा रहेको परिवारका सदस्यसँग भेट र किरिया खर्च हस्तान्तरण गर्दछन् ।
निस्दीमा आठ दिने महोत्सवको तयारी
जिल्लाको निस्दी गाउँपालिकामा चैतको अन्तिम साता दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ ।
मणिका धाममा धार्मिक मेला
शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको शपथ
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
लोकमार्ग निर्माणका लागि महोत्सव
कैलालीको बर्दगोरिया गाउँपालिकामा सेती लोकमार्ग पहिचान महोत्सव हुने भएको छ । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवले निर्माणाधीन सेती लोकमार्ग छिटो सम्पन्न गर्न दबाबको काम गर्ने जनाइएको छ ।
जिप दुर्घटनामा एक जनाको मृत्यु
दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाङबारी नजिकै उकालोमा चढ्न नसकेर दुर्घटना हुँदा ६ जना घाइते हुनुभएको छ ।
भीमफेदीमा ट्रिपर दुर्घटना
मकवानपुरको हेटौँडा–भैँसे सडकखण्डको भीमफेदी–१ खोप्लाङमा सोमबार बिहान ट्रिपर दुर्घटना भएको छ । ट्रिपर दुर्घटना हुँदा चालक च्यापिएको र उहाँको उद्धार प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताउनुभएको छ ।
‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’
हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई... बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै थिए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञद्वारा तिलौराकोटको निरीक्षण
प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीद्वारा अनुगमन तथा निरीक्षण गरिएको छ ।
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ
“प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए ।
आगलागी पीडितलाई राहत सहयोग
आगलागी भएर घर, गोठ जलेर नष्ट भएका पीडित हेटौँडा–१८, सुकौराका मदनकुमार तामाङ बललाई हेटौँडा उपमहानगरपालिकाले राहत सहयोग प्रदान गरेको छ ।
कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै
पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाल्नुभयो । चित्र कोर्न तम्तयार हुँदै गर्दा उहाँले मन्दिरतर्फ फर्केर नमस्कार गर्नुभयो ।
एक सातापछि कर्णाली पुलमा आवागमन
आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ ।