• १३ साउन २०८१, आइतबार

एक सातापछि कर्णाली पुलमा आवागमन

blog

कर्णाली पुल मर्मतपछि सवारी साधन गुड्दै । तस्बिर सौजन्य : रमित पाण्डेय

अविनाश चौधरी
धनगढी, चैत ५ गते ।
आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ । प्राविधिक तथा विशेषज्ञहरुको टोलीले क्षतिको निरीक्षण गरी सवारी साधन चलाउन सकिने निष्कर्ष निकालेपछि पुलमा एकतर्फी आवागमन थालिएको हो ।

दुवैतर्फबाट आएका हेभी सवारी साधनहरु पुलमा एउटामात्रै गुड्न पाउने गरी आवागनमा भइरहेको लम्कीचुहा नगरपालिकाका–३ का वडा अध्यक्ष एवम् प्रवक्ता लवबहादुर शाहीले बताउनुभयो ।

गत सोमबार वीरगञ्जबाट लाइटर बोकेर कञ्चनपुरका लागि आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि लागेको आगो दन्केर पुलमा पनि सल्केको थियो । आगलागीबाट पुलको केबल तारमा रहेको प्लाष्टिक जलेको जनाइएको छ । यसैगरी, स्ल्याबमा पनि केही क्षति पुगेको थियो । स्ल्याब मर्मत गरेर सवारी साधन चल्न दिइएको हो ।