• १३ साउन २०८१, आइतबार

जिप दुर्घटनामा एक जनाको मृत्यु

blog

गंगटेबाट तुलसीपुर आउने क्रममा भाँगोदुला दुर्घटनामा परेको जिप । तस्बिर : लीलाधर वली

लिलाधर वली
घोराही, चैत ५ गते ।
दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाङबारी नजिकै उकालोमा चढ्न नसकेर दुर्घटना हुँदा ६ जना घाइते हुनुभएको छ । 

दुर्घटनामा गम्भीर घाइते बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरिक्षक मल्लका अनुसार बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते जिप चालक बबई गाउँपालिका–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । प्रहरी नायब उपरीक्षक मल्लका अनुसार दुर्घटनामा बबई गाउँपालिका–१ निवासी ५० वर्षीय जोगबहादुर बुढा, १७ वर्षीया तारा सारु मगर, ३२ वर्षीया सङ्गीता बुढा, ४० वर्षीया वन्दना बुढा र सल्यान जिल्ला  शारदा नगरपालिका–९ निवासी ५० वर्षीया नन्दकली थापा घाइते हुनुभएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो,  ‘‘बबई गाउँपालिकाको गंगटेबाट यात्रु लिएर तुलसीपुरतिर आउँदै गरेको जिप भाँगोदुला नजिकै उकालोमा तान्न नसकेर ब्याक हुँदा दुर्घटनामा परेको थियो ।’’