• १३ साउन २०८१, आइतबार

रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प

blog

काठमाडौँ,  चैत ४  गते । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार रिक्टर स्केलको भूकम्प भएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर चार दशमलव तीन रिक्टर स्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधैं भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् । रासस