• २७ वैशाख २०८२, शनिबार

स्वास्थ्य सेवामा सुधार ल्याउन काम सुरु गरेको छु : मन्त्री सिंह

blog

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहितका अतिथि।

 धर्बेन्द्र झा

जनकपुरधाम, वैशाख २६ गते। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशमा स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि मन्त्रालयले तीव्रताका साथ कामकाजलाई अगाडि बढाएको बताउनुभएको छ। 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबारदेखि संचालनमा आएको प्रादेशिक बायोमेडिकल व्यवस्थापन एकाइको एक कार्यक्रम बिच जनकपुरधामको मुजेलियामा उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउन आजबाट संचालनमा आएको बायोमेडिकल व्यवस्थापन एकाइले समेत ठूलो सहयोग पुर्याउने बताउनुभयो। 

मन्त्री सिंहले उपकरणको प्रभावकारी व्यवस्थापनले रोग निदान र उपचारको प्रक्रियालाई गुणस्तरीय बनाउने भन्दै  यसले बिरामीलाई सही समयमा उपचार प्राप्त गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित सचिव राजेश मिश्र, प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन पण्डित सहितको उपस्थिति रहेको थियो। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामसँग सहकार्य गरी निक साइमन्स संस्थानले मधेश प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापना एकाइ स्थापना गरेको हो। 

एकाइमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थामा प्रयोग गरिने बायोमेडिकल उपकरणको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणको उचित व्यवस्थापन गरिने बताइएको छ।