• २६ वैशाख २०८२, शुक्रबार

भारतबाट फर्किंदै गरेका एक नेपालीको मृत्यु

blog

भारतबाट रुपैडिहा आउने बसमा मृत भेटिएका पन्त । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २६ गते ।
भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताउनुभयो ।

बिहारबाट रुपैडिहाका लागि हिँड्नुभएको पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । डीएसपी पातलीले उहाँको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको जानकारी दिनुभयो ।


पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारत रुपैडिहास्थित प्रहरीले जनाएको छ । बिहार हुँदै रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेको र उहाँलाई जानकारी गराएर आफन्तलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी पातलीले बताउनुभयो ।