• २९ वैशाख २०८१, शनिबार

माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा

blog

कृष्ण बहादुर महरा । फाइल तस्बिर

जानु पाण्डे

कपिलवस्तु, चैत ५ गते । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । 

प्रहरी टोलीले महरालाई काठमाडौँ ल्याउने तयारी गरेको ढकालले जानकारी दिनुभयो । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको सुन प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले महरासँग यस अघि बयानका लिएको थियो ।

यो पनि पढ्नुहोस

सुन प्रकरणमा महरा र भण्डारीसँग बयान

राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा दायर

महरा प्रतिनिधि सभाका पूर्व सभामुखसमेत हुन् । महरा यस अघि  २०७६ आश्विन १९ गते पक्राउ पर्नुभएको थियो ।