• २२ वैशाख २०८१, शनिबार

बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक

blog

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराई

काठमाडौं, चैत ५ गते । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बिम्स्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिम्स्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि बिम्स्टेकलाई जोड्न जरुरी रहेको बताउनुभयो । उहाँले बिम्स्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बिमस्टेक सार्कको विकल्पको रूपमा अघि ल्याइएको हो की भन्ने भान हुन थालेको भन्दै नेपाल यसबाट बच्नुपर्ने बताउनुभयो ।

‘‘पर्यटन प्रवर्द्धनमा हामीले बिम्स्टेकलाई जोड्नुपर्नेछ । त्यसैगरी यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि यसलाई अघि बढाउनुपर्नेछ । र पछिल्ला दिनमा जलवायु परिवर्तनको जतिपनि मार नेपालले खेपिरहेको छ । जतिपनि अन्तर्राष्ट्रिय लबिङहरू यो मञ्चमार्फत हामीले गर्नुपर्ने थियो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसमा हामीले जति सफलता पाउनुपर्दथ्यो पाउन सकिरहेका छैनौँ । बिम्स्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति दिनुपर्ने छ । कताकता बिम्स्टेक सार्कको विकल्पको रूपमा अघि ल्याइएको हो की भन्ने भान छ ।’’ उहाँले छिटोभन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।