• १६ वैशाख २०८१, आइतबार

पुलिस दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै गण्डकीका खेलाडी ।

काठमाडौँ, चैत ५ गते । विभागीय टोली नेपाल पुलिस क्लब आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पुलिस लगातार दोस्रो जित निकाल्दै समूह ‘सी’ को विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको खेलमा पुलिसले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को‌ सोझो सेटमा हरायो। पुलिसले २५–१९, २५–१४, २५–२२ को जित निकालेको थियो । जितसँगै पुलिसले ६ अङ्क बनाएको छ । हारेपनि बुढानीलकण्ठ उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । 

पुरुषकै अर्को खेलमा गण्डकी प्रदेशले मणिमुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा हरायो । पहिलो जित निकाल्ने क्रममा गण्डकीले मणिमुकुन्दमाथि २५–१८, २५–१४, २७–२९, २५–१९ को नतिजा निकालेको थियो । 

यस्तै महिलातर्फ सोमबार भएको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । न्यु डायमन्डले २५–१७, १७–२५, २५–१५, २५–२३ को जित निकालेको थियो ।अर्को खेलमा एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एभरेष्टले २४–२६, २५–१७, २५–१९, २५–२२ को जित निकालेको हो ।