• ६ जेठ २०८१, आइतबार

प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीकाे जवाफ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, चैत ६ गते । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बिहानबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।  प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसदले टिपाउनुपर्ने प्रावधान छ ।

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहनेछ ।