• १३ साउन २०८१, आइतबार

दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह

blog

काठमाडौँ,  चैत  ६ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

हिजो  पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् । रासस