• ११ मंसिर २०८१, मङ्गलबार

सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

blog

काठमाडौँ,  चैत ६  गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु. एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । 

यस्तै, तेजावी सुन पनि प्रतितोला रु. सात सयले वृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु. एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु. एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो । 

यसैगरी, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला रु. एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार पाँच सय २५ निर्धारण भएको छ ।  रासस