• ५ जेठ २०८३, मङ्गलबार

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

blog

काठमाडौँ,  जेठ ५ गते ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपियाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपियाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपियाँले वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रुपियाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपियाँ निर्धारण भएको छ । रासस