• १५ वैशाख २०८१, शनिबार

तानसेनमा दोस्रो यूथ युनियन कप सुरु

blog

खेलाडीलाई बल प्रदान गर्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, चैत ७ गते । 
तानसेनमा दोस्रो यूथ युनियन कप सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा मङ्गलबारदेखि सुरु भएको दोस्रो कप (फुटबल प्रतियोगिता)को पहिलो खेलमा न्यु एकता युवा क्लब विजयी बनेको छ ।

उसले पिटफल ब्रदर्श युवा क्वबललाई २–१ गोलले हराएको खेल संयोजक सन्दीप केसीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले आन्तरिक पर्यटन प्रवर्द्धनमा खेल क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको न्यु यूथ युनियन क्लबका अध्यक्ष मनोजमान लिगलले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले ट्रफीसहित नगद एक लाख र उपविजेताले ट्रफीसहित नगद ५० हजार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीले नगद पाँच हजार पाउनेछ भने उदीयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, म्यान अफ दि म्याच, सर्वाधिक गोलकर्ताले पनि नगदसहित सम्मान पाउने अध्यक्ष लिगलले बताउनुभयो ।