• १६ वैशाख २०८१, आइतबार

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन सर्वसम्मत

blog

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत ७ गते । 
गुल्मीमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रथम जिल्ला अधिवेशनबाट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गुल्मीको अध्यक्षमा विक्रम सिंह गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा बुद्धि बहादुर बलाल र रेनुका सारु मगर निर्वाचित हुनुभएको छ । सचिवमा आशिष् गुरुङ र कृष्ण बहादुर दर्लामी, कोषाध्यक्षमा सावित्री श्रेष्ठ, सहसचिवमा इन्द्रबहादुर डम्मरपाल र रुद्रबहादुर पुन मगर निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा पदम घर्ती मगर, ओमबहादुर ढेंगा, दुर्गा भण्डारी मगर, अमरबहादुर थापा ‘कृष्ण’, पार्वती सनारी बलाल, कर्णबहादुर सिंजाली, पुरनकुमार गुरुङ, राजु बलाल, हिमबहादुर सिंजाली मगर, हिमकला घर्ती, माया गुरुङ, हुमकला सारु र सपना पचभैया सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

‘राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र आदिवासी जनजाति एकता’ भन्ने मुख्य नारासहित सदरमुकाम तम्घासमा भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका भातृ एवम् शुभेच्छुक सङ्गठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीका नेता कार्यकर्ता सबैले पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउन सबै तहका भातृ एवम् शुभेच्छुक सङ्गठनलाई चुस्त दुरुस्त राख्न सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।