• १५ वैशाख २०८१, शनिबार

शिक्षकद्वारा कक्षा आठको प्रश्नपत्र आउट

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालय । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु चैत ६ गते । 
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को प्रश्न पत्र आउट भएको छ । आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो । नगरपालिकाको वडा नम्बर ९ जनकल्याण माविमा परीक्षा अनुगमनको क्रममा प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको थियो । प्रश्न हल भएको हुबहु चिट र कपी भेटिएपछि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

शनिबार सोही वडाको श्री मावि इमिलियाबाट प्रश्नपत्र आउट गरिएको थियो । विद्यालयबाट दुई जना शिक्षकले खाम बन्दीबाट प्रश्नपत्र निकालेर विद्यार्थीलाई हल गराइएको अनुसन्धानबाट खुलेको नगर शिक्षा समितिका सदस्य रामप्रसाद अर्यालले बताउनु भयो । ती शिक्षकले कोचिङ पढ्दै गरेका विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए ।

सोमबार नगर शिक्षा समितिको बैठक बसी उक्त विषयको परीक्षा रद्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेको छ । रद्द भएको परीक्षा चैत ९ गते गरिने नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनु भयो । प्रश्नपत्र आउट गर्ने शिक्षकलाई कानुन अनुसार कारबाही गरिने अधिकृत भट्टराईको भनाइ रहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा अलग विद्यालयमा दिने व्यवस्था गरेको छ । विद्यालय बिच प्रतिस्पर्धा गराई नतिजाको मूल्याङ्कन समेत गर्दै आएको छ ।