• १३ साउन २०८१, आइतबार

गोरखामा बलेरो जिप दुर्घटना हुँदा चार जना घाइते

blog

गोरखामा दुर्घटना भएको बलेरो जिप । तस्बिर सौजन्य : दान बहादुर गुरुङ

गुणबहादुर रोका
सुलीकोट, चैत ६ गते ।
गोरखामा बलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बा १९ च ८६५ नम्बरको बलेरो जिप फिस्लिङ बजारतर्फ यात्रु र तरकारी बोकेर जाँदै गर्दा मङ्गलबार मध्याह्न १२ः३० बजे फिस्लिङ बजारमा ब्रेक फेल भई दुर्घटनमा परेको हो । घाइतेहरुको फिस्लिङ स्वास्थ्य स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।