• १३ असोज २०८१, आइतबार

युवा तथा खेलकुदमन्त्रीलाई खेलाडी सङ्घको सुझाव

blog

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण पत्र प्रदान गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ ।

काठमाडौँ, चैत ६ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई खेलाडीले भोग्दै आएको समस्या अवगत गराउँदै सात बुँदे सुझाव दिएको छ ।

सङ्घका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मङ्गलबार मन्त्रालयमा गएको खेलाडी सङ्घको टोलीले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसहित सात बुँदे सुझाव दिएको हो । सङ्घले श्रेष्ठलाई खेलाडीको विदेश पलायनलाई रोक्नका लागि ठोस कदम चाल्न, पदक विजेता खेलाडीलाई घोषित पुरस्कार समयमा उपलब्ध गराइदिन, १०औँ राष्ट्रिय खेलकुद समयमा नै गर्ने सुनिश्चितता गर्नलगायत सुझाव दिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा १०औँ खेलकुद आयोजना गर्ने घोषणा गरिसकेको छ । खेलाडी सङ्घसँगको भेटमा मन्त्री श्रेष्ठले खेलाडीको सुरक्षा र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।