• १३ साउन २०८१, आइतबार

दुर्गममा निःशुल्क दन्त शिविर, पाँच सयभन्दा बढीले लिए सेवा

blog

दाँतको उपचार गराउँदै स्थानिय । तस्बिर : विशाल सुनार

विशाल सुनार
दुल्लु, चैत ६ गते ।
 दैलेखको नौमुले गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । यही चैत ४ देखि ६ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका हुन् ।  

नौमूले गाउँपालिका, सगरमाथा हेल्थ फाउडेसन आयोजना तथा हेल्थ केयर नेपाल, आम्डा नेपालको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविरको आयोजना गरिएको हो । त्यस्तै  दैलेखबाट काठामाडौंलाई कर्मथलो बनाएका दैलेखीहरुको साझा संस्था दैलेखी सेवा समाजको समन्वय तथा सहकार्यमा शिविर सञ्चालन गरिएको छ ।

नौमुले स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा अहिलेसम्म पाँच सयभन्दा बढिले सेवा लिइसकेको छन् । दाँत उपचाका लागि आउनुभएको नौमुले गाउँपालिका वडा नं ४ की पार्वती बस्नेत दाँतको समस्या लिएर पटक पटक दैलेख बजार पुगेको अनुभव सुनाउनुभयो ।

त्यस्तै, नौमुले वडा नं. ७ पैतीबाट दाँतको समस्या लिएर आउनुभएका पदमबहादुर बिक  भन्नुहुन्छ, “आफ्नै पालिकामा उपचार भयो, समय पनि बच्यो ।”

“हामीले गर्न सक्ने यही हो, जो जहाँ भए पनि आफूले आफ्नो जिल्लाका नागरिकहरूको सेवामा काम गर्नुपर्छ ।” दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताउनुभयो ।

“जिल्लामा समेत दाँतसम्बन्धी चिकित्सक उपलब्ध नभएको अवस्था छ, आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्कमा शिविर गर्न सक्यौँ यसैमा खुसी छौँ” शाहीले बताउनुभयो । 

दाँत समस्या भयो भने कि दैलेख बजार वा सुर्खेत, नेपालजञ्ज जानुको विकल्प छैन । सामान्यभन्दा सामान्य उपचारका लागि समेत हजारौँको खर्च उठाउनुपर्ने बाध्यता छ । शिविरमा दाँतको समस्याको पहिचानसँगै स्थानीयको समयसँगै पैसाको समेत बचत हुने भएपछि स्थानीय खुसी छन् । 

शिविरको दोस्रो आयोजक रहेको सगरमाथा हेल्थ फाउण्डेसनका संयोजक प्रदीप आचार्यले भन्नुहुन्छ, “कस्तो खाने, कसरी खाने भन्ने बारेमा जनचासो खासै हुँदैन फलस्वरुप समस्या दाताबाट सुरु हुन्छ त्यसैले समयमै उपचार अनिवार्य छ ।”