रुपन्देही व्यापार संघमा अधिकारी निर्वाचित
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्याशी डिल्लीराज भण्डारीलाई ८० मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
शिवराजमा शव परीक्षण गृहको उद्घाटन
जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा लक्ष्य अनुसार खरिद भएन धान
सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरिबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।
अधिकांश चालक लापसे र मापसे गरेर गाडी चलाउँछन्
ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागूपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन [मापसे] गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन ।
भूकम्पको इपिसेन्टर सिर्पाचौर पुनः निर्माणको पर्खाइमा
जाजरकोटको बारेकोट-१ रामी डाँडा स्थित सिर्पाचौर गत कात्तिक १७ को भूकम्पको केन्द्रबिन्दु हो । भूकम्पले भत्किएको सिर्पाचौरको बस्ती पुनःनिमार्णको पर्खाइमा रहेको छ ।
कठ्याङ्ग्रिएका समुदाय
समय शीतलहरको छ । बाक्लो हुस्सुले बस्ती ढपक्क ढाकेको छ । शीतको थोपाले जस्ताको छानो भिजेको छ । घरको छानोबाट शीतका थोपाहरू तपतप चुहिरहेको छ । घरभित्र चिसो प्लास्टरमा पराल ओछ्याएर बनाइएका सुत्ने ठाउँसमेत ओसिएको छ । ओछ्यानमा डस्ना र भोटियाभित्र आफ्ना ससाना नानीबाबुहरू च्यापेर गुटुमुटु परेका छन् बस्तीका मान्छेहरू । घरबाहिर आँगनमा घुर सल्काएर बसेका छ
हिसाब
शनिबार । उसकी श्रीमती र केटाकेटी बजार जान भनेर हिँडे । फर्किन कम्तीमा तीन चार घण्टा लाग्छ । ट्राफिक जामले गर्दा उसको घरदेखि बजार पुग्नै एक घण्टा लाग्छ । फर्किन अर्को एक घण्टा । बजारमा
आफैँ बिरामी अवस्थामा काठमाडौँका अस्पताल (फोटो फिचर)
मानिसहरू बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरू स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।
इतिहास र आख्यानको समन्वय : पुरुष–परीक्षा
पन्धौँ शताब्दीको प्रारम्भमै लेखिएको मैथिली कविकोकिल महाकवि विद्यापतिकृत पुरुष–परीक्षा संस्कृत भाषाको कथासङ्ग्रह मात्र नभई इतिहासको सङ्गालोसमेत हो । उक्त कथासङ्ग्रहको नेपाली संस्करण हालै पाठकसामु आएको छ ।
वीरताको गाथा नालापानी
नेपालीको वीरताको कुरा गर्दा नालापानी किल्लाको लडाइँ र त्यो लडाइँमा बलभद्र कुँवरको साहसिक युद्ध कलाको कुरा नेपाली इतिहासको अध्ययनमा धेरै पटक आउने गर्दछ तर त्यो वीरताको इतिहास बोकेको स्थान अ
तीर्थस्थल धनुषाधाम
प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिनदेखि नै शुभारम्भ हुने धनुषाधामको मकर मेला प्रथम मकरका रूपमा विधिवत् शुभारम्भ भएको छ । यस धामको धार्मिक गाथा जनकपुर धामको पावन भूमि मिथिलासँग नै गाँसिएको छ
अभियानबाटै सफल युवा
इन्डोनेसियाका पूर्वराष्ट्राध्यक्ष सुकार्नोले भन्नुभएको छ, “मलाई मातृभूमिप्रति गौरव र माया गर्ने दस युवा देऊ, तिनीहरूबाट नै म संसार बचाउन सक्ने छु ।” सुकार्नोको यही पङ्क्तिबाट युवाको परिभाषा प्रस्ट हुन्छ । यु
जाडो र फेसन
भनिन्छ, “फेसन गर्नेहरूलाई कुनै पनि मौसमले छेक्दैन । चिसो होस् वा गर्मी मौसम आफूलाई फेसनेबल बनाउनेको जमात बढ्दो देखिन्छ ।” शिरदेखि पाउँसम्म शरीरलाई न्यानो बनाउने खालका लुगा मात्र नभएर फेसनेब
गोरखाको लक्ष्मी नारायण मन्दिर
गोरखाको प्रख्यात लक्ष्मीनारायण मन्दिर। यो मन्दिर राम शाह घाट वा मस्र्यांग्दी र दरौनी नदीको दोभानमा र गोरखा र तनहुँको सिमानाको दाहिने तर्फ रहेको छ।
भावनाको मोती कसरी सजाउ (कविता)
किन छरिन्छ भावनाको मोती उनेको थिए जतन साथ मनको माला
गजल
उसलाई मन पर्दैन भने बोलुँ म किन ऊ नै रहर गर्दैन भने बोलुँ म किन ।
नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन फागुनमा
विश्वभरि छरिएर रहेका नेपाली भाषा, साहित्य, संस्कृतिका अध्येता, लेखक, कवि, कथाकार र संस्कृतिविद् आगामी फागुनमा पोर्चुगलमा भेला हुने भएका छन् । नेपाली भाषा, साहित्यको उन्नयनका लागि गठन भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन फागुन २५ देखि २७ सम्म पोर्चुगलमा आयोजना हुने भएको छ ।
‘भतभती मुटु पोलिरहेछ’
गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गर्नुभएको छ । गीतकार विमला तुलाचन र सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ सँगको सहकार्यमा गायक परियारले गीत ल्याउनुभएको हो ।
प्रदेशबाट गरिने सहयोगमा विभेदको रङ देखिन्छ
परापूर्वकालदेखि वाइबा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेँसी हुँदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका नामकरण गरिएको छ ।
दुई दशकपछि शैक्षिक क्यालेन्डर लागु गर्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी भर्नादेखि परीक्षाको
सालक संरक्षण अभियान सुरु
उत्तरी मोरङको केराबारी गाउँपालिकाले सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण अभियान सुरु गरेको छ । मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो ।
सङ्कटमा कृषि जैविक विविधता
कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे प्रचारप्रसार गर्न र सरोकारवालालाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा लाग्न प्रेरित गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । २०७९ भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रत्येक वर्ष माघ १ गते ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।२०७९ मा पहिलो राष्ट्रिय कृषि जैविक विविधता दिवस साताव्यापी रूपमा मनाइएको थियो । यस पटक पनि माघ १ गतेदेखि ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा; संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस साताव्यापी रूपमा मनाइएको छ । कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधार हो । जीव र बिरुवाका किसिम र तिनमा पाइने विविधतालाई जैविक विविधता भनिन्छ । अर्को शब्दमा भन्दा संसारमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पतिबिचको भिन्नता, प्रकार र जम्मा सङ्ख्या तथा तिनीहरूबिचको संयोजन नै जैविक विविधता हो । कृषि जैविक विविधता भनेको कृषिजन्य पारिस्थितिक प्रणाली, प्रजाति र वंशाणुगत विविधता हो । कृषि उत्पादन प्रणालीसँग सम्बन्धित विभिन्न किसिमका जीव, बिरुवा तथा अन्य जैविक तथा अजैविक पक्षको विविधिता नै कृषि जैविक विविधता हो । कृषिजन्य पारिस्थितिक प्रणालीसँग सम्बन्धित जीव, जन्तु, वनस्पति तथा सूक्ष्म जीव आदिको विविधता तथा यसको अन्तरसम्बन्ध नै कृषि जैविक विविधता हो । नेपालको संविधानमा नै जैविक स्रोतहरूको संरक्षण र दिगो उपयोगलाई उच्च महìव दिई राज्यको नीतिमा नै उल्लेख छ । जैविक विविधता संरक्षणमा तीन वटै तहका सरकारको भूमिका रहने छ । जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्षमा नेपाल राष्ट्र रहेको छ । जैविक विविधतासम्बन्धी महासन्धि, जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोतसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, पशु आनुवंशिक स्रोतका लागि विश्व कार्ययोजना तथा इन्टरलेकन घोषणापत्र जस्ता नेपाल पक्षधर अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई दृष्टिगत गरी कृषि जैविक विविधताको पहिचान, संरक्षण, संवर्धन, विकास र दिगो उपयोग गर्ने उद्देश्यले सरकारले कृषि जैविक विविधता नीति पनि लागु गरेको छ ।कृषि जैविक विविधता नीतिमा भनिएको छ, “जैविक विविधताको अभिन्न अङ्गका रूपमा रहेको कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, जीविकोपार्जन, गरिबी निवारण, पर्यावरणीय सन्तुलन र दिगो विकासको प्रमुख आधार हो । कृषि जैविक विविधता र सम्बन्धित परम्परागत ज्ञान संरक्षण, संवर्धन एवं विकासमा किसानको अहम् भूमिका छ । नेपाल जैविक विविधतामा धनी भए पनि खाद्य र कृषिका लागि आवश्यक स्थानीय आनुवंशिक पदार्थ र स्रोत तथा सम्बन्धित परम्परागत ज्ञान व्रmमशः लोप हुँदै गएकाले तिनको पहिचान, संरक्षण, संवर्धन, विकास र दिगो उपयोग गर्नु नितान्त आवश्यक छ ।”जैविक विविधता लोपोन्मुखजैविक विविधतामा धनी देश मानिन्छ नेपाललाई । यहाँको विविधतापूर्ण भौगोलिक बनावट तथा जलवायुका साथै सामाजिक र धार्मिक विविधताले समेत यहाँको समग्र जैविक विविधताको विकास एवं अस्तित्वमा प्रमुख भूमिका निर्वाह गरेको छ । लिबर्डले २०७७ मा भानु नगरपालिका, तनहुँका लागि गरेको एक अध्ययन अनुसार नेपालले संसारको कुल क्षेत्रफलको ०.१ प्रतिशत भूभाग मात्र ओगटे पनि संसारमा पाइने कुल फूल फुल्ने वनस्पतिको २.२ प्रतिशत, घस्रने जीवजन्तुको १.४ प्रतिशत, माछाको २.२ प्रतिशत, चराचुरुङ्गीको २.२ प्रतिशत, स्तनधारी जनावरको ४ प्रतिशत र पुतलीको ४.२ प्रतिशत विविधता समेटेको छ । नेपालभर १२ कृषि पारिस्थितिकी प्रणालीमा करिब एक हजार २६ प्रजातिका बाली, ५१० प्रजातिका घाँसेबाली, ३५ प्रजातिका पशुपन्छी, २५० प्रजातिका जलचर प्राणी, १७ प्रजातिका जलचर वनस्पति, तीन हजार ५०० प्रजातिका लाभदायक किरा तथा ८०० प्रजातिका लाभदायक सूक्ष्म जीवाणु भएको अनुमान गरिएको छ । यहाँ संसारकै उच्च क्षेत्रमा खेती हुने धानको जात ‘जुम्ली मार्सी’ लगायत करिब तीन हजारभन्दा बढी रैथाने धानका जात भएको कृषि मन्त्रालयका विभिन्न तथ्याङ्कले देखाएको छ ।धानपछिको मुख्य बालीका रूपमा चिनिने मकै र गहुँलगायत विभिन्न रैथाने बाली जस्तै– चिनो, कागुनो, कोदो, लट्टे, फापर, जौ÷उवा, सिमी, जुनेलोलगायतका बालीमा पनि उल्लेख्य जातीय विविधता पाउन सकिन्छ । त्यसै गरी नेपालमा विभिन्न लहरे तरकारी बाली, फलफूल, मसला बाली, जडीबुटी तथा जरे बालीमा पनि निकै मात्रामा विविधता पाइन्छ । यस्तो विविधता पाइए पनि वासस्थान विनाश, आधुनिक खेती प्रणालीका कारण कतिपय नकारात्मक अभ्यास र अन्य मानवसृजित कारणले कृषि जैविक विविधतालगायत समग्र जैविक विविधता ह्रास हुँदै गइरहेको छ । बाली तथा पशु, मत्स्यका आनुवांशिक स्रोतको ह्रास भएमा विविधताको अभावमा खाद्य सुरक्षाको स्थिति बिग्रन सक्छ । किटपतङ्ग, सूक्ष्म जीवाणु आदि लोप भएमा बालीको परागसेचन एवं जैविक नियन्त्रण प्रव्रिmया प्रभावित भई उत्पादन कम भई कृषि वृद्धिदर घट्छ ।आनुवांशिक स्रोतसम्बन्धी स्थानीय ज्ञान, सिप एवं प्रविधिको ह्रास भएमा, कृषक समुदाय पराश्रित हुन गएमा विदेशी ज्ञान, सिप एवं प्रविधि भिœयाउन राष्ट्रले ठुलो लगानी गर्नुपर्ने हुन्छ । त्यस्तै वायु, जल र माटो प्रदूषण व्यवस्थापनमा प्रकृतिप्रदत्त विविधताका विभिन्न पक्षको स्पष्ट भूमिका भएकाले विविधताको ह्रास भएमा वातावरणीय सन्तुलन बिग्रिन सक्ने भनी सरकारले सचेत गराउँदै आएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारणले कृषि जैविक विविधता ह्रास हुने व्रmम तीव्र भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार नेपालमा रैथानेका रूपमा रहेको बाली, घाँसे बाली, पशुपन्छी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्य आनुवंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेका छन् । जैविक विविधता नीतियही अवस्था विद्यमान रहे समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने अवस्था आउन धेरै समय लाग्दैन । त्यसरी नै विकास आयोजना सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा कृषि जैविक विविधता संरक्षण तथा जलवायुमैत्री विकासलाई विशेष महìव दिने नीतिमा भनिएको छ । त्यसमध्ये कुनै कुराको मूल्याङ्कन भएको पाइँदैन । विकासनिर्माणको काममा जथाभावी वन जङ्गल फँडानी, गिटी, बालुवा उत्खनन, कृषियोग्य भूमि गैरकृषि भूमिमा परिणत, विकासका नाममा जथाभावी सडक निर्माण, कृषियोग्य जमिनमा इँटा उद्योगलगायत सञ्चालन हुनुले कृषि जैविक विविधतालाई मात्र असर पारेको हुँदैन, पूरै कृषि प्रणाली नै ध्वस्त बनाएका हुन्छन् । सरकारी नीतिमा जलवायु परिवर्तनको असर सहन सक्ने आनुवंशिक पदार्थ र स्रोत पहिचान गरी अभिलेखीकरण, अध्ययन अनुसन्धान, मूल्याङ्कन तथा नक्साङ्कन गरी अनुकूलन क्षमता भएका जात र नस्लको विकास र प्रवर्धन गरिने भनिएको छ । त्यस्तै कृषि उत्पादन गर्दा परागसेचन, प्राकृतिक परभक्षी तथा परजीवी, माटोका लाभदायक सूक्ष्मजीवमैत्री प्रव्रिmया अवलम्बन गरिने नीतिमा उल्लेख छ । कृषि जैविक विविधता संरक्षणका लागि बढ्दो जनसङ्ख्या, वन विनाश, सहरीकरण र भूक्षयबाट आनुवंशिक स्रोत र तिनको प्राकृतिक वासस्थान ह्रास वा लोप हुन लागेको अवस्थामा वैज्ञानिक भूव्यवस्थापन प्रविधि प्रवर्धनका साथै, भूक्षय रोकथाम, वन एवं वासस्थानलाई संरक्षण गरिने सरकारको नीति छ । त्यस्तै जैविक विविधतालाई प्रतिकूल प्रभाव पार्ने मिचाहा प्रकृतिका प्रजाति पहिचान र नियन्त्रण गर्न सरोकारवाला निकायको सहयोगमा नियन्त्रणसम्बन्धी कार्यविधि नै बनाउन सरकारले सरोकारवालालाई निर्देशन दिएको छ । माघ १ गते नै किन ?राष्ट्रिय कृषि जैविक विविधता दिवस प्रत्येक वर्ष माघ १ गते नै मनाउने निर्णय किन गरियो त ? माघ १ गतेलाई माघेसङक्रान्तिका रूपमा मनाइन्छ । यो दिनलाई मकरसङ्व्रmान्ति, माघी, तिला सङ्व्रसङक्रान्तिलगायत नामले पनि चिनिन्छ । थारू समुदायले माघी भन्छन् भने मधेशी समुदायले तिलासङ्व्रmान्ति भन्छन् । कृषि विभागका अनुसार यो पर्वमा रैथानी बाली बढी रूपमा प्रयोग हुने भएका कारणले कृषि जैविक विविधताका रूपमा यो दिनलाई मनाउन सुरु गरेको हो । माघेसङक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, सेलरोटी खाने चलन रहेको छ । यी जति पनि खानेकुरा छन्, सबै रैथाने अर्थात् परम्पारगत बाली हुन् । तराई मधेशमा यस पर्वलाई तिला सङक्रान्तिन्ति पर्व भनिन्छ । यस पर्वमा परिवारका अग्रज वा आमाबाबुले आफ्ना छोराछोरी अथवा आफूभन्दा सानालाई सक्खर (गुड) र तिल खुवाउने चलन छ । यसरी सक्खर र तिल खुवाएपछि भन्नेको मान्नु पर्छ, बुढेसकालको सहारा बन्ने आमबुझाइ रहेको छ । सक्खर र तिल खुवाउँदा बालबच्चाबाट बुढापाका वा आमाबुवाले सेवा गर्ने कि नगर्ने भनी वचन लिने गरिन्छ । सोही दिन खिचडी, घिउ, तरुल खाने चलन छ । त्यस्तै भुजा (मुरही) र दहीका साथै तिल, चिउरा, भुजालगायतबाट बनाइएको लड्डु खाने गरिन्छ । यो पर्वमा तिल, चिउरा र भुजाको अत्यधिक प्रयोग हुन्छ । यसबाहेक चामल, खिचडीका सामग्री जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । यस पर्वमा दाजुभाइले आआफ्ना दिदीबहिनीको घरमा चिउरा, भुजा, दही, चिउरा, तिलको लड्डुलगायत लत्ताकपडा कोसेली लिएर जाने चलन छ । माघ १ गते मनाई माघेसङक्रान्ति रैथानीमै भएको हुनाले सरकारले यही दिन राष्ट्रिय कृषि विविधता दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।
देखासिकी होइन वास्तु
सामाजिक सञ्जाल हेरेर घरमा भएका सामान स्थान परिवर्तन गर्ने, विभिन्न मूर्ति या चित्र सजाउने, विभिन्न बिरुवा घरमा लगाउने या राख्ने जस्ता कार्य गरेर आफूले पूर्ण वास्तु मिलाएको भन्दै हिँड्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल, युट्युब या कसैको घरमा देखेका कुनै पदार्थ अथवा चित्र आफूखुसी घरमा राख्ने तर त्यसले उत्पन्न गरेको नकारात्मक पक्ष थाहा नपाउने गर्दा लाभभन्दा हानि भइरहेको हुन्छ ।जगत् पञ्चमहाभूतबाट सृजित छ । जति पनि पदार्थ छन्, कुनै न कुनै तत्त्वबाट निर्मित छन् । हामी मानव पनि यही पञ्चत्वबाट निर्मित छौँ । मानिस पनि पञ्चत्वको सन्तुलनबाट स्वस्थ र मस्त छ । सोचविचार र बुद्धिका कारण मानव पृथ्वीमा उत्कृष्ट प्राणीका रूपमा रहेको छ । अन्य प्राणी या जीवभन्दा मानिस भिन्न र उत्कृष्ट छ र पनि मानिस जीवनलाई अझ उत्कृष्ट र सहज बनाउन निरन्तर प्रयत्नशील छ, जसले नयाँ नयाँ शोध र अनुसन्धानबाट जीवन थप सरल, सहज र सुखमय बनाउन अभिप्रेरित गर्छ ।वातावरण, विज्ञान र अध्यात्मका विभिन्न विषयमा मानिसले खोज गरिरहेको छ । भाव र कल्पनासँगै यथार्थको खोज अनुसन्धानमा एकपछि अर्को सफलता प्राप्त गरिरहेको मानिसका लागि वास्तुशास्त्र पनि एउटा अनुसन्धान र उपयोगको पाटो बनेको छ । किनकि मानिस सुरक्षित आवासमा बस्न चाहन्छ । त्यसैले ‘वास’ अर्थात् निवास सुखद र आनन्ददायी बनोस् भन्ने चाहना राख्नु स्वाभाविक हो । प्रकृतिमा पञ्चत्व छ र पदार्थमा विभिन्न तत्त्वको सम्मिश्रण छ । पञ्चत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) को सन्तुलनले नै मानिसको जीवन सहज हुन्छ भन्ने वास्तुशास्त्रीय मान्यता हो । यसलाई केवल बाहिरी र सतही रूपमा मात्र हेर्ने र प्रयोग गर्ने प्रचलन व्यापक भएको छ, जसले वास्तुको वास्तविक लाभ उठाउन सकिएको छैन ।हाम्रा वरपर निर्मित निवासमा पञ्चत्व को वास्तविक सन्तुलन मिलाउन सकिएको देखिँदैन । प्रकृतिमा रहेको जुन जुन तìव जहाँ जहाँ छ, तत् तत् तत्त्वलाई तत् तत् स्थानमा स्थापित गराउनु सामान्य सकारात्मक पक्ष हो र यही आधारमा निर्माण गर्दा व्यवस्थित रूपले स्थापित हुनु पर्छ भन्ने वास्तुको मूल मान्यता हो । सामान्यतया प्रकृतिका पाँच तत्त्वलाई भवन निर्माण या वस्तु स्थापनामा समुचित स्थानको चयन गरिने पद्धतिलाई वास्तुशास्त्र अनुकूल मानिन्छ । वस्तुमा आफ्नै ऊर्जा हुन्छ र त्यो ऊर्जालाई प्राकृतिक ऊर्जाविपरीत प्रयोग गरिनु हुँदैन भन्ने वास्तुशास्त्रको मूल ध्येय हो । तत्वहरूको सन्तुलनका आधारमा निर्माण भएको भवनमा सकारात्मक ऊर्जा हुन्छ भने असन्तुलित अवस्थामा भए ऊर्जा नकारात्मक बन्छ । मूल वास्तुको चुरो कुरो यही हो । वास्तुलाई सामान्यतया १० दिशाका आधारमा हेरिन्छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, आग्नेय, नैऋत्य, वायव्य, आकाश र पाताल अर्थात् भूमि । यी सबै दिशा शुभ हुन्छन् । हरेक दिशा आफै महत्त्वपूर्ण जिम्मेवारीमा छन् । कुनै पनि दिशा सदाका लागि र सबैका लागि शुभ या अशुभ भन्ने हुँदैन । जसरी वर्षात्को पानी र हिउँदको घाम प्यारो हुन्छ, त्यसरी नै जीवनका गति, कार्य, ग्रहहरूको प्रभाव, जन्मकालीन ग्रहजनित अवस्था, पेसा, व्यवसाय, उद्देश्य अनुसार विभिन्न दिशाको ऊर्जा सकारात्मक र नकारात्मक हुन सक्छ । जसरी प्रकृतिको आफ्नै नियम छ, त्यसरी नै वास्तुशास्त्रमा पनि आफ्नै प्राकृतिक नियम र सन्तुलन छ । त्यसको सकारात्मक प्रयोगले शुभत्व प्रदान गर्छ भने गलत प्रयोगले दुष्परिणाम पनि दिन्छ । हामीले चयन गरेको भूमि या भवनको ईशानकोण कमाउने मानिस, पारिवारिक सुख शान्ति तथा पहिलो सन्तानको प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि यस क्षेत्रमा कुनै वास्तुदोष छ भने आम्दानी गर्ने मानिस, पहिलो सन्तान, पारिवारिक खुसी प्रभावित हुन थाल्छ । यसरी नै प्रत्येक दिशाको फरक फरक प्रतिनिधित्व छ र फरक फरक वास्तुदोष र परिणाम छ । आग्नेय कोण मालिकको सुख र सम्पदासँग सम्बन्धित छ । यही कोणको अवस्थाले प्रशासनिक क्षेत्रको शुभत्व या अशुभत्व, महिला र दोस्रो सन्तानको अवस्थालाई प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि आग्नेय कोणमा वास्तुदोष छ भने महिलामा समस्या देखिन थाल्छ, दोस्रो सन्तान पीडित हुन सक्छ, समृद्धि र सम्पदामा कमी आउनु र प्रशासनिक झमेलामा फस्नु जस्ता समस्या देखा पर्न थाल्छन् । यसरी दस वटै दिशाको वास्तविक अवस्थालाई हेरी जाँची जसले जुन क्षेत्र, व्यक्ति र पदार्थको प्रतिनिधित्व गर्छ, त्यहीसँग सम्बन्धित उपचार गरेर समस्या समाधान गर्न सकिन्छ तर समाजमा यी सबै कुराको गहन अध्ययन नगरी देखासिकी रूपमा वास्तुको स्वउपचार गर्ने चलन व्यापक भएको छ । यसले उल्टो र नकारात्मक प्रभाव दिइरहेको छ । सामान्यतया भवन या निर्माण स्थलको दिशागत तत्त्वको आधारमा मात्र वास्तुदोष भन्ने पनि हुँदैन । त्यसको उपयोग गर्ने मानिस, उसको कार्य÷पेसा या व्यावसायिकता जस्ता कुराले पनि काम गरिरहेको हुन्छ । विद्यार्थीको लक्ष्य विद्या आर्जन हो भने व्यवसायी या व्यापारीको लक्ष्य धन आर्जन हो । एउटै स्थान एकका लागि उत्तम र अर्काका लागि खराब हुन सक्छ । उपयोग र उपभोगका आधारमा वास्तुका उल्लिखित दस वटा दिशालाई प्रयोगमा ल्याउन सक्नु पर्छ । वास्तुका दस वटा दिशालाई व्यक्तिको कर्मका आधारमा पनि वर्गीकरण र आवश्यकता अनुसारको फरक उपचार हुन्छ र हुनु पर्छ तर अहिले वास्तुका नाममा विभिन्न भ्रमात्मक गतिविधि व्याप्त भएको पाइन्छ । सामाजिक सञ्जालमा आएका विभिन्न टुक्का सुनेर या कसैको घरमा कुनै वस्तु देखेर आफैँ आफ्नो वास्तु उपचार गर्ने र समस्यामा फस्नेहरूको कारण वास्तविक वास्तु व्यवस्थापनले सही उपचार पाउन सकेको छैन । सामाजिक सञ्जाल हेरेर घरमा भएका सामान स्थान परिवर्तन गर्ने, विभिन्न मूर्ति या चित्रहरू सजाउने, विभिन्न बिरुवा घरमा लगाउने या राख्ने जस्ता कार्य गरेर आफूले पूर्ण वास्तु मिलाएको भन्दै हिँड्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल, युट्युब या कसैको घरमा देखेका कुनै पदार्थ अथवा चित्रहरू आफूखुसी घरमा राख्ने तर त्यसले उत्पन्न गरेको नकारात्मक पक्ष थाहा नपाउने गर्दा लाभभन्दा हानि भइरहेको हुन्छ । हो, वास्तु उपचारमा विभिन्न वस्तुको प्रयोग गरिन्छ । पञ्चत्वको सही व्यवस्थापनका लागि आवश्यक तत्त्वको थपघट गर्न विभिन्न धातुको प्रयोग हुन्छ । स्थान र अवस्था हेरेर विभिन्न मूर्तिको प्रयोग गर्न सकिन्छ । सहजता हेरेर रङहरूको संयोजन फेरबदल गरिन्छ । चित्रलाई उपयोगमा ल्याई वास्तु सकारात्मक बनाउन सकिन्छ । जल, अग्नि, अन्न जस्ता सहज उपलब्ध हुने पदार्थहरूलाई वास्तुदोष निवारणका लागि प्रयोगमा ल्याइन्छ तर कसैको घरमा घोडाको चित्र देख्यो कि आफ्नो घरमा राख्ने, कुनै बिरुवा देख्यो कि आफैँ ल्याएर घरमा राख्ने, कुनै मूर्ति या चित्र स्थापित गर्ने कार्य कदापि शुभ हुँदैन । कसैले कुनै उद्देश्यले कुनै स्थानमा स्थापित गरेको वस्तु आफ्नो घरमा राख्दा थप भ्रम सिर्जना हुन्छ । रोगी या बिरामीको उपचारको सहजताका लागि कसैको घरमा राखिएको दृश्यावलोकन राम्रो लाग्यो भन्दैमा बेरोजगारको घरमा राख्दा रोजगारीमा सहजता आउँदैन । मासु बेच्ने मानिसले प्रयोग गर्ने उपचार विधि पूजा पसलमा गर्दा मिल्ला त ? आर्थिक तनावले दाम्पत्य जीवनमा पनि खटपट ल्याएको पाइन्छ तर आर्थिक समस्याले पीडित परिवारमा सफल दाम्पत्य जीवनको कामनाले राखिने राधाकृष्णको चित्रले काम गर्दैन । त्यसैले समस्याको कारण थाहा पाएर मात्र उपचार गर्नु बुद्धिमानी हुन्छ । वास्तुका नाममा अर्काको घरमा भएका वस्तु या पदार्थ देखासिकी गर्दै आफ्नोमा भित्र्याउने, सामाजिक सञ्जालमा आएका सामान्य कुरा सुनेर वास्तु मिलाउन खोज्ने जस्ता भ्रमले नकारात्मक काम गरिरहेको हुन सक्छ । तसर्थ वास्तुका नाममा अनावश्यक भ्रममा नपरी यथार्थ बुझेर मात्र समाधान या उपचार गरिनु पर्छ ।
रातु नदीको सभ्यता मासिँदै
नियन्त्रित उत्खननले रातु नदीको सभ्यता नै सङ्कटमा परेको छ । नदीको सभ्यता जोगाउन महोत्तरीको बर्दीबास क्षेत्रका नागरिक, सबै राजनीतिक दल तथा नागरिक समाजको अगुवा र अभियन्ता आआफ्ना क्षेत्रबाट लागिपरेका छन् ।चुरे क्षेत्र भएर बग्ने नदीको अत्यधिक दोहनले अन्नको सङ्कट, खानेपानी समस्या, बाढी, खडेरी तथा डुबानको समस्या दिनानुदिन बढदै गएको छ । रातु खोलालगायतका नदीको अनियन्त्रित उत्खनन रोक्न पहलकदमी सुरु भएको राजनीतिक दलका प्रतिनिधिको भनाइ छ । लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल) का नगर सभापति चेतकुमार थापाले पहिले पहिले नदीको किनारामा रहेको खेतीयोग्य जग्गामा खोलाबाट बगेको पानीले सिँचाइ भई खेतमा भएको उब्जनीले बालबच्चा पाल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अनियन्त्रित नदी दोहनको कारण यहाँका स्थानीय त्यसबाट वञ्चित भएर सबै जग्गा खाली भएको र खेतीयोग्य जग्गा बाँझै बसेको अवस्था छ ।” खोलाको अवैध उत्खनन र चरम दोहनले गर्दा यो अवस्था आउनु चिन्ताको विषय भएको थापाले स्पष्ट पार्नुभयो । चुरे संरक्षणको नाममा हरेक वर्ष नेपाल सरकारले कराडौँ रुपियाँ खर्च गर्दै आइरहेको छ, त्यो सबै खेर गइरहेको छ । नीति नियमविपरीत भएको खोला खन्ने कार्यलाई तत्काल रोक्नु आवश्यक छ । चुरे संरक्षणको नाममा हरेक वर्ष नेपाल सरकारले कराडौँ रुपियाँ खर्च गर्दै आइरहेको छ, त्यो सबै खेर गइरहेको छ । नीति नियम विपरीत भएको खोला खन्ने कार्यलाई तत्काल रोक्नु आवश्यक छ । एक दशकदेखि रातु नदी सभ्यता संरक्षण अभियानमै लागेका राजकरण महतोले किसानका लागि वरदान रहेको रातु नदीमा पानी नै बग्न बन्द भएको बताउनुभयो । सिँचाइ अभावमा किसानले खेती गर्न नपाएर अन्नको सङ्कट उत्पन्न भएको बताउँदै महतोले भन्नुभयो, “रातु खोलाको मनपरि ठेक्का लगाएर बर्दीबास नगरपालिकाले यस क्षेत्रका जनताको जनजीवनमाथि खेलबाड गरेको छ । रातु नदीको अवैध उत्खननले वरिपरिको गाउँमा मात्र होइन जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पनि खानेपानीको हाहाकार मच्चिसकेको छ ।” गएको वर्ष पनि पानीको हाहाकार भएको थियो । यस्तो अवस्थामा पनि स्थानीय सरकार गम्भीर नदेखिएको आरोप जनमत पार्टीका नेता विमलेश महतोले लगाउनुभयो । रातु नदी चरम ढङ्गको दोहन रोक्न सम्बन्धित निकायको ध्यानकर्षण चाँडो भन्दा चाँडो होस् भने चाहना जनमत नेता महतोको छ । बर्दीबास नगरपालिकाले रातु खोला उत्खनन गर्र्न ठेक्का लगाइसकेको बताउँदै नेकपा माओवादीका केन्द्रीय सदस्य राजु खड्काले भन्नुभयो, “पाटुमा पोखरी बनाउने र रेल्वेको नाउँमा उत्खननलाई प्रोत्साहित गर्नु कदापि ठिक होइन ।”तत्काल विज्ञ मगाएर रातु खोलाको अनियन्त्रित उत्खननले कसरी पर्यावरणमा पार्ने प्रभाव र यसले निम्त्याउन सक्ने समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर एउटा गोष्ठी नै आयोजना गर्न आवश्यक भएको खड्काले बताउनुभयो । “पहिले खोलामा उत्खनन कार्य गर्नु ठिक छ वा छैन त्यस विषयमा बहस गर्नु पर्छ । बहस र छलफलमा उत्खनन ठिक हो भने त्यसै अनुसार जाने र बेठिक हो भने सदाका लागि उत्खनन कार्य रोकिनु पर्छ,” खड्काले भन्नुभयो । रातु नदीमा तीन फिट खन्ने सम्झौता गरेर आठ फिटसम्म खाल्डो खनेर उत्खनन भइरहेको पाइएको नेकपा एमाले नेता शङ्कर महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “खोला उत्खननबारे छलफल भइरहेकै समयमा हाम्रो नगरपालिकाले उत्खननका निम्ति ठेक्का लगाउनु चलखेलको सङ्केत हो ।”२०७७÷७८ मा उत्खनन गर्दा खनिएको खाल्डो नभरिँदै अहिले आएर फेरि उत्खनन गर्न ठेक्का लगाउनु कुन ढङ्गले सही भयो भने प्रतिप्रश्न महतोले गर्नुभयो । यथार्र्थभन्दा बाहिर रहेर बनाइएको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन अनुसार उत्खनन गर्न ठेक्का लगाइएकाले यो तत्काल बन्द हुनु पर्ने माग एमाले नेता महतोको छ । ढुङ्गा, बालुवा, गिटी उत्खननको ठेक्का लगाइनु तस्करीलाई नै प्रश्रय दिनका लागि भइरहेको दाबीसमेत उहाँले गर्नुभयो । खोलामा तीन फिटको नाउँमा आठ फिटसम्म उत्खनन हुनु र ठेकेदार कम्पनीले उत्खनन गरिरहँदा नगरपालिकाको प्रतिनिधिकै सहमतिमा नियमानुसार उत्खनन भएको हो÷होइन भन्ने यकिन गर्ने कुनै संयन्त्र खोलामा राखिनु पथ्र्याे तर त्यसो गरिएको छैन । अनियन्त्रित उत्खननले यतिसम्म समस्या निम्त्याउँदा समेत स्थानीय, प्रदेश र सङ्घ सरकार कानमा तेल हालेर बसिरहेको स्थानीय बासिन्दा फुलगेन महतोले बताउनुभयो । विभिन्न सञ्चारमाध्यममा उत्खननबारे समाचार सम्प्रेषण भएपछि सङ्घीय सरकारको जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले स्थलगत अनुगमनसमेत गरिसक्नु भएको छ । उहाँले केही प्रतिबद्धता पनि जनाउनु भयो तर उत्खनन कार्य भने रोकिएको छैन । स्थानीय सर्वदलीय राजनीतिक संयन्त्रले संयुक्त विज्ञप्ति प्रकाशित गरी अवैध उत्खनन बन्द गर्न सरोकारवाला निकायसँग हारगुहार गरे पनि उत्खनन भने रोकिएको छैन । नेपाली कांग्रेसका नेता चिरञ्जीवी हमालले बर्दीबास नगरपालिकाले लगाएको रातु खोला उत्खननको ठेक्का नियमसङ्गत नभएको भन्दै अनियन्त्रित उत्खनन नरोकिए अदालत जाने बताउनुभयो । रातु खोला ठेक्का लगाइनुअघि प्रारम्भिक वातारणीय परीक्षण (आईई) प्रतिवेदन बनाइएको बर्दीबास नगरपालिले बताए पनि सो प्रतिवेदन केका आधारमा बनाइएको हो त्यो नै गोप्य रहेकाले उक्त प्रतिवेदन नै शङ्कास्पद भएको नेका नेता हामलको प्रश्न छ । आइई प्रतिवेदनमा बढीमा तीन फिट खन्न मिल्ने उल्लेख गरिएको छ । वास्तविकतामा आठ फिटसम्म खनिएको पाइएको चुरे तथा वन संरक्षण अभियानको राष्ट्रिय संयोजक सुनिलकुमार यादवले बताउनुभयो । अनुगमन गर्ने जति पनि निकाय छन् ती सबैको मिलोमतोमै उत्खनन भइरहेको यादवको ठहर छ । नदी तथा प्रकृति संरक्षण समितिको महोत्तरी जिल्ला अध्यक्ष निरज अधिकारीले रातु खोलामा दोेहन हुनु चरण लापरबाही भएको दाबी गर्दै यसलाई तत्काल रोक्नुपर्ने बताउनुभयो । उत्खननमा सहयोग गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने माग अधिकारीको छ । ‘दुई दशकदेखि खोलाको दोहन तीव्र छ । सँगै पानीको मुहान इनारमा पानी हराउँदै गएको छ’ नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का सभापति महेश झाले भन्नुभयो, “सरकार चलाउनेहरू नै इमानदार नभएपछि कसको के लाग्दोरहेछ र ? संरक्षणभन्दा प्राकृतिक स्रोतसाधनको दोहनमा मात्रै आँखा लगाइरहेको छ ।”रातु खोला किसान नगर खण्डको उत्खननको ठेक्का एक करोड ८२ लाख, रातु खोला जुरेटोल खण्डको एक करोड ८० लाख र रातु खोला फूलबारी टोल खण्डको एक करोड ५१ लाखमा देव विष्णु कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि बर्दीबास–८ को ठेक्का स्वीकृत गरिएको छ । यसै गरी रातु खोला पथलैया खण्डको उत्खनन ठेक्का एक करोड ३० लाख नौ सय उनान्सय रुपियाँमा राजेश एन्ड ब्रदर्श निर्माण तथा सप्लायर्स भीमेश्वर नपा–१ दोलखाको ठेक्का बर्दीवास नगरपालिकाले २०८० कात्तिक १६ गते नै स्वीकृत गरेर खोला उत्खननको जिम्मा दिएको थियो । बर्दीबास नगरपालिकाले ठेक्का स्वीकृत गरेका ठेकेदार कम्पनीले उत्खनन कार्य सुरु गरेपछि बर्दीबास नगर क्षेत्रभित्र राजनीतिक दलका प्रतिनिधि विरोध जनाउन थालेका थिए । आर्थिक वर्ष २०७७/७८ मा लगाएको ठेक्का, अवैध उत्खननका कारण विवादित भई हाल जनकपुर उच्च अदालतमा मुद्दा विचाराधीन समेत छ । वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार २०७८ सालमा रातु नदीको किसाननगर, पथलैया, जुरेटोल र फूलबारी टोल खण्ड गरी चार खण्डबाट एक लाख २१ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्ने सम्झौता भएको थियो । नापजाँच उपसमितिको प्रतिवेदन अनुसार उत्खनन गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीले सम्झौता विपरीत सात गुणा बढी उत्खनन गरेको थियो ।आव २०७७÷०७८ मा उत्खनन गर्ने ठेक्का पाएका उद्योग पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डबाट सम्झौताभन्दा एक लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट एक लाख ६३ हजार ९६५ घनमिटर बढी उत्खनन गरेको पाइएको थियो ।यसै गरी, शिवम् कन्स्ट्रक्सन प्रालिले फूलबारी खण्डबाट सम्झौतामा उल्लेख गरेभन्दा एक लाख ७२ हजार ३६० घनमिटर र दिव्यांशु बिल्डर्स प्रालिले पथलैया खण्डबाट सम्झौता गरे भन्दा दुई लाख ९९ हजार ८४५ घनमिटर बढी उत्खनन गरेको पाइएको थियो । सम्झौताभन्दा बढी उत्खनन गरेको पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको दुई करोड ७५ लाख रुयिाँभन्दा बढी राजस्व तिर्न बाँकी छ भने जुरेटोल खण्डको दुई करोड ६१ लाख रुपियाँ राजस्व नगरलाई दिन बाँकी छ ।शिवम् कन्स्ट्रक्सनले दुई करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले चार करोड ७८ लाख रुपियाँ राजस्व तिर्न बक्यौता देखिएको छ । हरेक खण्डबाट ४.५२ रुपियाँ प्रतिघनमिटर राजस्व निर्धारण गरिएको थियो ।ढुङ्गा, गिटी, बालुवा बिक्री–वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७७ को समेतको वास्ता नगरी उत्खनन भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । जनकपुर उच्च अदालतमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा नगरले लगाएको ठेक्काको वैधतामाथि नै प्रश्न उब्जिएको छ । यसैबिच एक सार्वजनिक कार्यक्रममा बर्दीबास नगरपालिकाको नगर प्रमुख प्रह्लाद क्षेत्रीले राष्ट्रिय तथा गौरवको योजनामा बाधा नपुगोस् भन्ने उद्देश्य साथ खोला खन्ने ठेक्का लगाइएको धारणा प्रकट गर्नुभएको छ । “विषेश गरी उत्खननको विषयमा बर्दीबास नगरपालिका अन्य दलले धेरै चासो राखेका छन् । यो राष्ट्रिय गौरवको योजनाको काम हो, रेल्वेको काम भइरहेको छ यसमा गिटी बालुवा दिनुपर्ने छ । यो काममा हामीलाई बाधा अवरोध पुगिरहेको छ,” नगर प्रमुख क्षेत्रीले सार्वजनिक मञ्चबाटै सहयोगका लागि अपिल गर्दै भन्नुभयो ।