• ५ जेठ २०८१, शनिबार

भावनाको मोती कसरी सजाउ (कविता)

blog

किन छरिन्छ भावनाको मोती

उनेको थिए जतन साथ मनको माला

व्याकुल भयो तन मन मेरो

तन मन रूपी लास बोक्दै छु म

आस्था र विश्वास साथ

पुनः उन्न सकिने जिज्ञासा साथ

म उत्सुक छु

म दिवा स्वप्नमा मग्न अबोध हुँ

म भावनाको मोती उन्न सक्छु

सिर्जनाको महाकाली पनि पराईको भयो

छिमेकीले दुःख दिन थालेको पनि धेरै भयो

सगरमाथा पनि हिमाल आरोहीको कन्टेनर बने छ

एउटा महगो योजना सोच्दै छ सरकार

विदेशी लोभ्याउन सगरमाथा सफा गर्न

बेरोजगारी र भोकमरी प्रदर्शन गर्न

सबै आरोपको घर मन हो

मनको सन्तुलन बिग्रन सक्छ

भन भावनाको मोती कसरी सजाउ ।