• ७ जेठ २०८१, सोमबार

भूकम्पको इपिसेन्टर सिर्पाचौर पुनः निर्माणको पर्खाइमा

blog

भूकम्पले थलिएको सिर्पाचौर गाउँ । तस्बिर: प्रेमराज

प्रेमराज सिम्खडा 

कालिकोट माघ ६ गते । जाजरकोटको बारेकोट-१ रामी डाँडा स्थित सिर्पाचौर गत कात्तिक १७ को भूकम्पको केन्द्रबिन्दु हो । भूकम्पले भत्किएको सिर्पाचौरको बस्ती पुनःनिमार्णको पर्खाइमा रहेको छ । 

बस्तीका अधिकांश घर पुरै चिरा परेका छन् भने पाटेसन गरेका घरका पर्खाल पनि भत्किसकेका छन् । सिर्पाचौरका सबै नागरिक अहिले त्रिपालको बासमा छन् । जीवनकालकै सबै भन्दा ठुलो भूकम्पको अनुभव गरेर क्षति बोहोरेका सिर्पाचौरका ७६ वर्षीय जैमान थापा घर भत्किएपछि त्रिपाल मुनी बस्न बाध्य छन् । 

सिर्पाचौरको उचाइ समुन्द्री सतहदेखि २१ सय मिटर माथि हो । यहाँको मर्छेनाखोला लघु जलविद्युत आयोजना निमार्णका बेला यहाँको उचाइको मापन गरिएको थियो । स्थानीय अगुवा मानबहादुर घर्तीले सबै यहाँ मगर जातीको बसोबास भएकाले खासै गुनासो गदैनन । हाम्रो जाती धैर्य गर्ने भएकाले पनि यहाँको भूकम्प पछिको सुरक्षामा ढिला हुँदै गएको बताउनुभयो । 

सिर्पाचौरमा एक सय ५३ घर परिवारको बसोबास छ । घर्ती गाउँ र पुन गाउँ दुई नाम प्रख्यात भए पनि यहाँ मगरका विभिन्न थरका मानिसको बसोबास छ । घर्ती, पुन, रोकाया, बुढा र थापा थरका मगरको बसोबास सिर्पाचौर अहिले अस्थायी आवास भन्दा पनि पुर्न: निमार्णको पर्खाइमा छ । सामाजिक अगुवा मानबहादुर घर्तीले अस्थायी आवासमा समय बिताउनु भन्दा गाउँपालिकाले पुर्न:निमार्णको मापदण्ड ल्याउनु पर्ने बताउनुहुन्छ । 

एक पटक रु ५० हजार खर्च गर्ने, अर्को पटक पुर्न: निमार्णमा थप खर्च गर्नु भन्दा एकै पटक सरकारले पुनः निमार्णको योजना ल्याउनु पर्ने उहाँको तर्क छ ।