• ५ जेठ २०८१, शनिबार

तीर्थस्थल धनुषाधाम

blog

प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिनदेखि नै शुभारम्भ हुने धनुषाधामको मकर मेला प्रथम मकरका रूपमा विधिवत् शुभारम्भ भएको छ । यस धामको धार्मिक गाथा जनकपुर धामको पावन भूमि मिथिलासँग नै गाँसिएको छ । जनकपुरधाम आएका अन्तरिक वा बाह्य पर्यटक एक पटक यहाँ पनि आउनैपर्ने हुनाले जसरी जनकपुरमा गङ्गासागर स्नान गर्छन्, त्यसै गरी यस पवित्र स्थलमा पनि एक पटक पुगेर यहाँ अवस्थित धनुष कुण्डमा स्नान गरेर मनोकामना वा आफ्नो मनोरथसहित भगवान्सँग प्रार्थना गर्ने गर्छन् ।

भनिन्छ कि यसै महिनाभरि लाग्ने (सप्ताहमा दुई दिन) मकर माघेसङ्क्रान्ति मेलामा सहभागी भएर तन मन धनसहित धनुषाधामको दर्शन गरेमा भगवान् राम र शिव दुवै खुसी भएर श्रद्धालु भक्तजनको मानोवाञ्छित कामना पूरा हुन्छ । किनकि सीताजीले शिव भगवान्कै शिव धनुष पूजा गरी रामचन्द्रजी जस्ता वर मागेकाले उहाँको मनोकामना पनि पूरा भएको  थियो ।  वास्तवमा माघी पर्वकै दिनदेखि यो तीर्थस्थलमा पवित्र स्नान सुरु हुनाले माघे सङ्क्रान्ति पर्वको महिमा यससँंग प्रत्यक्ष रूपमा जोडिएको छ । यस दिन घरमा पनि बिहानै उठेर सूर्य भगवान्को विधिवत् पूजा गरी तिल गुड चढाइन्छ । यस दिनदेखि सूर्य उतरायण हुँदै मकर राशिमा प्रवेश गरेका हुनाले यसलाई मकरसङ्क्रान्ति पर्व पनि भनिएको हो । यसै दिनदेखि दिन लामो हुन थाल्ने र रात छोटो हुन थालिएको जनविश्वास रहेको छ । सूर्यको तापव्रmमले यसै दिनदेखि बिस्तारै चिसो घट्न थाल्दछ । थारू समुदायले माघी तर मगरहरूले यसैलाई मकरसङ्क्रान्तिका रूपमा मनाउँछन् ।

हुन त दिनहुँ आन्तरिक पर्यटक र बाह्य पर्यटक यहाँ आउने गर्छन्, तथापि माघ महिनाभरि प्रत्येक आइतबार मेलाको आयोजना हुने हुनाले खास गरी आइतबारका दिन बढी भिड रहन्छ । जनकपुरबाट करिब १८ किलोमिटर उत्तरपूर्वमा अवस्थित यस धार्मिक स्थलमा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा भारतीय सीमावर्ती क्षेत्रका दर्शनार्थी आउने गर्छन् । 

प्रसिद्ध धनुषाधामका त्रेता युगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुव्रmा भएर एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषामा खसेकाले धनुषाधामकै रूपमा पुजिन थालिएको धार्मिक तथा पौराणिक मान्यता रहिआएको छ ।

यसर्थ भगवान् शिवको पवित्र पिनाक धनुष नै भएका कारण यो पवित्र स्थलमा मकर अवधिभरि ठुलो मेला लाग्ने गरेको छ । यथार्थमा सीताजी झँै यदि हामीमा पनि धनुको पूजा गर्दा मनमा चिताएको पूरा हुने विश्वास पनि रहिआएको छ । यसै गरी मनोवाञ्छित फल प्राप्त भएकाले भन्टा (बैगन) को भार पनि चढाउने चलन छ । धनुष मन्दिरभित्र रहेका विशाल पिपलको बोट करिब हजार वर्ष पुरानो रहेको; जसको जरामा पाताल गङ्गा पनि बगेको छ । यहाँका पुजारीका अनुसार पिपलको फेदमुनि पातालका पानी सधैँ भरेकै देखिन्छ, तथापि जुन वर्ष पानी देखिएन भने अनिकाल वा अनिष्ट हुने आशङ्का व्याप्त हुन्छ ।

यस धामका चारैतर्फ लगभग तीन चार वटा ठुला कुटी र कुण्ड पनि छन् । जसमा साधुहरू रामनामको अखण्ड जाप र सङ्कीर्तन पनि गरिरहेका हुन्छन् । यसको बिचको भाग भएर बालगङ्गा सरोवर पनि कलकल बगेको देखिन्छ । स्थानीयवासीको पहलमा साना वन आरक्षण झँै यसको झाडीलाई एउटा भ्युटावर (धनुष स्थलभन्दा पश्चिम झाडीभित्र, मूलबाटो उत्तरतर्फ) सहित चारैतर्फ घेरिएको देखिन्छ । पहिला मध्यम खाले रानै धनुष आकृतिको मूलद्वारलाई अझै फराकिलो पारी सुन्दर तथा माथि धनुषा आकारमै आकर्षक आकृतिसहितको मूलद्वार सबै तीर्थालुलाई लाग्छ कि सुस्वागतम् गरिरहेको छ ।

धनुषाधामको तीर्थस्थल जाने बेला पूर्वपश्चिम राजमार्गको दायाँ तथा फर्किने बेलामा राजमार्गको बायाँतिर, सानै क्षेत्रफल ओगटेको भए पनि धनुषाधाम तथा परशुराम कुण्ड जस्ता धार्मिक स्थललाई संरक्षण र संवर्धन गरिराख्नु पर्छ, ता कि यसभित्र रहेका पशुपन्छी जैविक विविधताका विषयमा अध्ययन अनुसन्धानको केन्द्रका रूपमा विकास भई देशभरिकै प्रमुख धार्मिक स्थलका रूपमा पहिचान भई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बनोस् ।

किनकि यो धामको बाटोमा धनुषाधामभन्दा तीन किलोमिटर लगभग पछाडि र जनकपुरभन्दा छ, सात किलोमिटर उत्तर एउटा अर्को ऐतिहासिक ताथा पौराणिक कुण्ड; जसलाई पर्शुराम तलाउ भनिन्छ । जसको दर्शन, धनुषाधाम जाँदा र आउँदा बाटोको मूलसडकमै, जाँदा दायाँ र आउँदा बायाँ आमनेसामने हुने गर्दछ । यसको सन्दर्भ पनि धनुषाधामसित जोडिएको छ । किनकि सीताको स्वयंवर धनुष यज्ञमा श्रीरामजीद्वारा टुट्नेबित्तिक्कै शिवभक्त पर्शुरामजीका प्रतिशोध बडो आव्रmामक रूपमै भएको थियो । यहाँको झाडी सानै वन भए पनि यसभित्र पर्शुरामजीको कुटीलगायत एउटा सुन्दर तलाउ पनि रहेको छ, जसको पश्चिममा ठुलो विद्यालय र तलाउको चारैतिर देवीदेवताका मन्दिर छन् । 

मूलद्वारमा स्वागतम्सहितको सिंहासन भएको ठुलै गेट विराजमान रहेका छन्; जसले सम्पूर्ण तीर्थालुलाई सुस्वागतम् गरिराखेको हुन्छ । तलाउभित्र काठमाडौँको रानीपोखरी शैली झैँ पानीमाथि पुल भएर तलाउको बिचमा काली नागहरूका फन, ठुला शिवलिङ्ग र कमलको फूलमाथिको आकर्षक मूर्ति देख्दा साँच्चिकै जस्तो लाग्दछ । जसको नजिक गएर अचेल हरेक युवक युवतीले दर्शन गरी सेल्फी पनि लिने गरेका देखिन्छन् ।

श्रीराम भगवान्को धनुष यज्ञप्रति स्पर्धाको प्रसङ्ग सँगसँंगै धनुष वाणमाथि ताँदो चढाई जब तीन खण्डमा भाँचिएको थियो, तब भगवान् शिवभक्त पर्शुरामजीको क्रोधको सीमा रहेन । त्यति नै बेला आफ्ना अस्त्रसहित यो धनुष किन र कसले भाँचेका हुन् भन्ने स्पष्टीकरण राजा जनकको सभामा पर्शुरामले सोध्नुभएको प्रसङ्गको झाँकी र सङ्कीर्तन रामलीला पनि यहाँका विभिन्न कुटी तथा आश्रममा प्रदर्शन हुने गर्छ ।