‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’
एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ ।
कालीगण्डकी आयोजना निर्माणलाई गति दिन्छौँ : मन्त्री ज्वाला
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना निर्माणमा भएका समस्यालाई चाँडै समाधान गरेर निर्माणलाई गति दिने बताउनुभएको छ ।
हाइटीमा छ भिक्षु अपहरित
हाइटीको राजधानी पोर्ट–औ–प्रिन्समा शुक्रबार छ जना भिक्षुसहित आठ जनाको अपहरण भएको छ ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
अपाङ्गता भएका व्यक्तिलाई उत्पादनमा जोडौँ : मन्त्री गुरुङ
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त सीप सिकाएर उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ ।
जाडो बढेपछि विद्यालयमा ३ दिन बिदा
जाडो बढ्दै गएपछि रुपन्देहीका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् । अत्यधिक जाडो बढेको भन्दै बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ ।
क्षेत्रीय सहकार्यमा एक ठाउँ उभिन आवश्यक : प्रधानमन्त्री
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ ।
हराउँदै छ कठरिया थारु पहिचानको घर
कठरिया थारु समुदायको पहिचान झल्काउने परम्परागत घर अहिले हराउन थालेको छ । कङ्क्रिटको घर निर्माण गर्नेक्रम बढेसँगै कठरियाको पहिचान झल्काउने परम्परागत घर हराउन थालेको हो ।
दुर्गमका बासिन्दालाई एम्बुलेन्स सुविधा
ताप्लेजुङको दुर्गम भेगका बासिन्दाले पछिल्लो समय गाउँगाउँबाट एम्बुलेन्स सेवा पाउन थालेका छन् । सम्बन्धित स्थानीय तहको पहलमा एम्बुलेन्स खरिद हुन थालेपछि दुर्गम भेगका बासिन्दा वा बिरामीले आफ्नै गाउँबाट एम्बुलेन्स सुविधा पाउन थालेका हुन् ।
रौतहटमा स्यालको टोकाइबाट १२ जना घाइते
स्यालको आक्रमणबाट रौतहटको गढीमाई नगरपालिका–७ मा १२ जना घाइते भएका छन् । खेतबारीमा घाँस काट्न गएका पालिकाको धनारी टोलका नौ वर्षीय बालकसहित १२ जना स्यालको टोकाइबाट घाइते भएका हुन् ।
शैक्षिक गुणस्तर सुधार्न अनुदान
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई अनुदानको दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूलाई अनुदान उपलब्ध गराउन थालेको हो ।
खुम्चियो विद्यार्थीले रुचाएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी नर्सिङ प्रशासककी प्रमुख बाला राईका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा आर्थिक अभावका कारण १० वटा विद्यालयमा नर्सिङ कार्यक्रम घटेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।
वडा कार्यालयद्वार छात्रालाई साइकल उपहार
घरदेखि विद्यालयको दूरी टाढा भएका बस्तीका छात्रालाई साइकल उपहार दिइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ ले तीन टोलका छात्रालाई साइकल उपहार दिएको हो ।
८० वर्षे उमेरमा धूमधाम बिहे
दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।
टाइगर कप : महिलातर्फ एपिएफलाई उपाधि
पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ह्याट्रिक गरेको छ ।
भारतमा डुङ्गा पल्टिँदा विद्यार्थी र शिक्षकसहित १२ जनाको मृत्यु
पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन
गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ । जोर्डनमा सयौँ प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन् ।
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २४ हजार ७६२ पुग्यो
गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २४ हजार ७६२ पुगेको छ ।
दुम्कीवास त्रिवेणी सडकखण्ड हामी खोल्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको आर्थिक विकासका लागि दुम्कीवास त्रिवेणी सडकखण्ड खोल्न आफू लागि परेको बताउनुभएको छ ।
केन्या र बहामासले कूटनीतिकसम्बन्ध प्रगाढ बनाउने
केन्या र बहामास टापु राष्ट्र नैरोबी र नासाउमा दूतावास स्थापना गर्न सहमत भएका छन् । कूटनीतिक सम्बन्धलाई गहिरो बनाउनको लागि महत्त्वपूर्ण कदमको रुममा यसलाई लिइएको छ ।
अमेरिकाद्वारा यमनमा हुथीविरुद्धको आक्रमण जारी
संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीरिुद्ध आफ्नो हमला जारी राखेको छ ।
इ–रिक्सा र अस्पतालमा कुरुवाको मोबाइल चोरी गर्ने पक्राउ
नेपालगन्जमा विभिन्न स्थानमा पार्किङ गरिराखेको इ–रिक्सा तथा अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो ।