• १३ साउन २०८१, आइतबार

अमेरिकाद्वारा यमनमा हुथीविरुद्धको आक्रमण जारी

blog

काठमाडौं, माघ ६ गते । संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीरिुद्ध आफ्नो हमला जारी राखेको छ । नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा शुक्रबार अमेरिकी सेनाले हुथीहरू विरुद्ध आक्रमण जारी राखेको बताउनुभयो । उहाँले अमेरिकी सेनाले यमनमा हुथी लक्ष्यहरू विरुद्ध तीन सफल आत्म–रक्षा हमलाहरू गरेको बताउनुभयो ।

हमलाहरू लाल सागर, बाब–एल–मन्डेब, साथै एडेनको खाडी हुँदै पारगमन गर्ने जहाजहरू–नागरिक र सैन्य दुवै जहाजहरूमा आफ्ना आक्रमणहरू जारी राख्न हुथीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्यले भएको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल