• १३ साउन २०८१, आइतबार

केन्या र बहामासले कूटनीतिकसम्बन्ध प्रगाढ बनाउने

blog

काठमाडौं, माघ ६ गते । केन्या र बहामास टापु राष्ट्र नैरोबी र नासाउमा दूतावास स्थापना गर्न सहमत भएका छन् । कूटनीतिक सम्बन्धलाई गहिरो बनाउनको लागि महत्त्वपूर्ण कदमको रुममा यसलाई लिइएको छ ।

युगान्डाको कम्पालामा जारी १९ औँ असंलग्न आन्दोलन शिखर सम्मेलनमा बोल्नुहुँदै केन्याका प्रधानमन्त्री क्याबिनेट सचिव तथा विदेश तथा प्रवासी मामिलाका क्याबिनेट सचिव मुसालिया मुदावादीले यस कदमले दुई देशबिच व्यापार र लगानीका थप अवसरहरू सिर्जना गर्ने बताउनुभयो ।

बहामास अध्यागमन तथा राष्ट्रिय बिमा मन्त्री अल्फ्रेड माइकल सियर्सले योजनालाई तुरुन्तै कार्यान्वयन गर्ने लक्ष्य राख्दै दुवै देशले प्रक्रियालाई तीव्रता दिन सहमत भएको बताउनुभयो । उनीहरूले कूटनीतिकसम्बन्ध कायम गर्नाले आपसी आर्थिक विकासका थप अवसरहरू खुल्ने कुरामा जोड दिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल