• १३ साउन २०८१, आइतबार

भारतमा डुङ्गा पल्टिँदा विद्यार्थी र शिक्षकसहित १२ जनाको मृत्यु

blog

काठमाडौं, माघ ६ गते । पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा डुङ्गा पल्टिएको हो ।

अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् ।

विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरूले बताएका छन् । डुङ्गाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तिनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल