• १३ साउन २०८१, आइतबार

अपाङ्गता भएका व्यक्तिलाई उत्पादनमा जोडौँ : मन्त्री गुरुङ

blog

अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री प्रदान गर्दै मन्त्री धनराज गुरुङ, नगरप्रमुख देबहादुर खाँण लगायत ।

राधाकृष्ण डुम्रे

वालिङ, माघ ६ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त सीप सिकाएर उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ । उहाँहरूको सहज जीवनयापनका लागि उपयुक्त सीप अपरिहार्य रहेको उहाँको भनाइ छ । 

स्याङ्जाको चापाकोट अपाङ्ग सङ्घले चापाकोटमा गरेको ‘स्थानीय तहमा वकालत’ नीति योजना तर्जुमा प्रक्रिया र सिद्धान्तका बारेमा भएको छलफल तथा सहायक सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अपाङ्गता भएकाहरूको सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता व्यक्तिको सहज जीवनयापनका लागि सरकार प्रतिबद्ध छ, समाज र सरोकारवालाहरूले पनि विशेष ध्यान दिनु पर्छ ।”

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोग गर्न सरकारले नीतिगत रूपमा नै काम गरिरहेको मन्त्री गुरुङको भनाइ छ । स्याङ्जा क्षेत्र नं.२ बाट निर्वाचित गुरुङले आफू निर्वाचित क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँण (ईश्वर), स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा भनाइ राख्नुभएको छ । 

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकृतिको सहायक सामग्रीहरू वितरण गरिएको छ ।