• ५ जेठ २०८१, शनिबार

गजल

blog

उसलाई मन पर्दैन भने बोलुँ म किन

ऊ नै रहर गर्दैन भने बोलुँ म किन ।

घुर्की होइन, हो चित्त दुःखाइको कुरा

ऊ नै नगीच सर्दैन भने बोलुँ म किन ।

उसकै अनुरोधमा मुटु यो खाली गरिदिएँ 

खुसीका रङ भर्दैन भने बोलुँ म किन ।

भनेथ्यो रोप्छु धेरै माया खन्न दिएँ मन

ढाँट्दै ऊ बिउ छर्दैन भने बोलुँ म किन ।

मेरो घाउ बुझी बरु रोए अरू धेरै

उसकै आँसु झर्दैन भने रोउँ म किन ।