• १३ साउन २०८१, आइतबार

टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाललाई उपाधि

blog

फाइनल खेलमा प्रतिस्पर्धा गर्दै हेल्प नेपाल र गण्डकीका खेलाडी । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ ६ गते । चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । पोखरामा शनिबार भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो । 

गण्डकीलाई पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–१८ हराएको हेल्प नेपालले तेस्रो सेटमा २३–२५ ले आफ्नो पक्षमा पारेको थियो । खेलमा खराब प्रदर्शन गरेको गण्डकीमाथि  हेल्प नेपालले चौथो सेटमा २५–१७ ले हरायो । साबिक विजेता गण्डकी एपिएफलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको हो । हेल्प नेपाल भने पाहुना टोली श्रीलङ्का आर्मी क्लबलाई पराजित गरी उपाधि भिडन्तमा आइपुगेको हो ।

प्रतियोगिताको महिलातर्फको उपाधिमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ह्याट्रिक गरेको गरिसकेको छ । शनिबार भएको फाइनलमा चन्द्रागिरि न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक उपाधि कब्जा गरेको हो । 

महिला/पुरुष दुवैतर्फका उपाधि विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ र उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाएको छ । यस्तै तेस्रोले एक लाख २५ हजार पाँच सय ५५ रुपियाँ पाएको छ ।