बायर्नसँग हार्यो पीएसजी
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टर फाइनल खेलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।
नेपाल आज भारतसँग भिड्दै
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ ।
पुलिसका प्रिन्सलाई दोहोरो सफलता
नेपाल पुलिस क्लबका प्रिन्स दाहालले बिराटनगरमा जारी लिनिङ्ग १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पार्नुभएको छ ।
पन्त नेपालको पहिलो आईटिओ र मैनाली टु स्टार रेफ्री
नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो इन्टरनेशनल टेक्निकल अफिसियल (आईटिओ) बन्नुभएको छ ।
अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा
गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बागलुङ फाइनमा प्रवेश गरेका छन् ।
आइसिसी लिग-२ : ओपनर कुशल चम्किएपछि नेपालको सुखद सुरुवात
ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ ।
नेपाललाई नामिबियाको दुई सय ८६ रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई नामिबियाले जितका लागि दुई सउ ८६ रनको लक्ष्य दिएको छ ।
तिलोत्तमामा चौथो राष्ट्रपति रनिङ शिल्ड
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्डको नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो। वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा ३६ विद्यालयको सहभागिता छ।
सिटी र युनाइटेडको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले सहज जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–१ गोलले हरायो ।
बार्सिलोनाको कठिन जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले भिल्लारियलमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा १–० गोलले हरायो ।
पुरस्कार बहिष्कार गरेको टिमलाई आयोजकद्वारा बहिष्कार
पाँचथरको अर्थे युवा क्लबले पुरस्कार बहिस्कार गर्ने पाथिभरा याङवरक भलिबल टिमलाई तीन वर्ष खेलमा सहभागी नगराउने भएको छ ।
पहिलो पटक ‘फुटबल एक्पो’ गर्दै एन्फा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले पहिलोपटक फुटबल एक्स्पो आयोजना गर्न लागेको हो ।
गोर्खालीको सुखद सुरुवात
तेस्रो फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले सुखद सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा गोर्खालीले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हरायो ।
उपाधि दौडमा रहेको पीएसजीलाई मोनाकोको झट्का
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई मोनाकोको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मोनाकोले शीर्षटोली पीएसजीलाई ३–१ गोलले हरायो ।
केपी ओली कप : उद्घाटन खेलमा पुलिस र सातदोबाटोबीच भिडन्त
फागुन ११ गतेदेखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
रियललाई क्लब विश्वकप उपाधि
फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । मोरक्कोमा शनिबार राति भएको फाइनल खेलमा साउदी अरबको अल हिलाल क्लबलाई ५–३ गोलले हराउँदै रियल म्याम्पियन बनेको हो ।
सचिन स्मृति खुला दौड प्रतियोगिता हुने
सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। रोट्याक्ट क्लब अफ दमौलीले २०औं स्वर्गीय सचिन स्मृतिमा फागुन ७ गते दौड प्रतियोगिता गर्न लागेको हो ।
महिला फुटबल टोलीको बिदाइ
भारतसँग मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार महिला टोलीको विदाइ गरेको हो ।
लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने
कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो ।
आरएनजीसीको अध्यक्षमा याक्थुम्बा
नेपाली गल्फ खेलको इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को अध्यक्षमा मधुकर याक्थुम्बा निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले याक्थुम्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
राजेन्द्र र पार्वतीलाई स्वर्ण
नेपाल टेलिकमका राजेन्द्रसिंह कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जित्नुभएको छ ।
करातेमा पुलिसलाई सर्वाधिक १० स्वर्ण
विभागीय टोली नेपाल पुलिस क्लबले कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा सर्वाधिक १० स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार पुलिसकी सुनिता महर्जनले ६८ केजी मुनि तौल समूह र र नवीन रसाइलीले ६७ केजी तौल समूहमा शनिबार स्वर्ण जित्नुभयो ।
महिला हक्कीमा आर्मी च्याम्पियन
लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाल आर्मीले पाचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको नकटाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले हरायो ।
प्रिन्स र जेशिकालाई मुख्यमन्त्री ब्याडमिन्टन उपाधि
प्रथम मुख्यमन्त्री राष्ट्रिय याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले जित्नुभएको छ ।