• १४ वैशाख २०८१, शुक्रबार

पाँच क्रिकेटर सम्मानित

blog

सम्मानित भएपछि क्रिकेट खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १६ गते । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित आफ्नो कलेजमा अध्ययनरत पाँच क्रिकेटरलाई फिनिक्स अलेज अफ म्यानेजमेन्टले बिहीबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आईसीसी विश्वक लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाक्ष्ई विश्वकप छनोटमा प्रवेश गराउन सफल ज्ञानेन्द्र, कुशल भुर्तेलसहित कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई फिनिक्सले जनही ५० हजार रुपियाँसहित सम्मान गरेको हो ।

खेलाडीलाई फिनिक्सका ब्रान्ड एम्बेसडर रहनुभएका पूर्व कप्तान पारस खड्का, फिनिक्सका प्राचार्य फत्तबहादुर केसी  फिनिक्सका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेलले सम्मान गर्नुभयो ।

क्रिकेटका माध्यमबाट उल्लेखनीय उपलब्धि हात पार्दै देशको नाम राख्न सफल भएकोले आफ्ना विधार्थीसमेत रहेका खेलाडीलाई सम्मान गरिएको फिनिक्सका प्राचार्य केसीले बताउनुभयो ।