• १३ वैशाख २०८१, बिहिबार

एनएनआइपिए अवार्ड सोमबार

blog

अवार्डबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १८गते । १७औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ सोमबार हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले शनिबार पत्रकार सम्मेलन गरी अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

अवार्डमा नेपाल ओलम्पिक कमिटी (एनओसी)बाट आधिकारिकता प्राप्त २७ खेलहरूलाई आधार मानी सम्बन्धित सङ्घले सिफारिस गरिएका खेलाडीहरूलाई सम्मानित गरिने सङ्घका महासचिव शिवसुन्द्यर गोथेले बताउनुभयो । 

कोरोनाका कारण वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियोगिता नभएको हुँदा एनएनआइपिएले एनओसीमा आबद्ध सङ्घको सिफारिसका आधारमा खेलाडीलाई समन गर्न लागेको जनाएको छ ।

विगतमा  ऐतिहासिक, सांस्कृतिक सहरमा आयोजना गरिँदै आएको अवार्ड यसपटक काठमाडौँको एलफ्ट होटेलमा हुने जानकारी छ ।

अवार्डमा २७ खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँसहित सम्मान गरिनेछ । यस्तै २७ उत्कृष्ट खेलाडीमध्येबाट एक जना पुरुष र एक जना महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडी घोषण गरी जनही एक लाख रुपियाँ प्रदान गरिनेछ । 

यसैगरी सङ्घले एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई ५० हजार रुपियाँ, एक जना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मानसहित ३५ हजार रुपियाँ, एक जना खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारसहित २५ हजार रुपियाँ र एक जना पारा खेलाडीलाई वर्ष उत्कृष्ट पारा खेलाडी अवार्डसँगै १५ हजार रुपियाँबाट सम्मान गरिनेछ ।