बुढासुब्बा गोल्डकप : पहिलो खेलमा भारतको जित
२३ औं बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ।
जुनियर कबड्डी टोली इरान प्रस्थान
दोस्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।
आर्मी झापा गोल्डकपको फाइनलमा
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब झापामा जारी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा झापाले संकटा क्लबलाई १–० गोलले हरायो ।
दीपक र राजपुरालाई धरान रन उपाधि
“स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा फर्छाइ प्रथम हुनुभएको छ ।
आयोजक केपी ओली एफसी सेमिफाइनलमा
आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा
विभागीय टोली नेपाल एपीएफ क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ आइतबार
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबारका लागि तोकेको छ ।
नेपालको विजयी सुरुवात
नेपालले संयुक्त अरब इमिरेट्समा (युएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आर्मी र मच्छिन्द्र सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सन्दीपले विदेश गएर खेल्न नपाउने
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो ।
सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छः कप्तान पौडेल
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ ।
विश्वकप लिगका विजेतालाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
लेइपजिगसँग बराबरीमा रोकियो सिटी
इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ
नेपालले विश्व मुवाँथाइमा भाग लिने
थाइल्यान्डको बैंककमा हुने १८औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बजेट अभावको चपेटामा खेलकुद
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ ।
यू–१९ क्रिकेट टोलीको बिदाइ
संयुक्त अरब इमिरेट्स (युएई) मा बिहीबारदेखि सुरु हुने आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा सहभागी हुने नेपाली युवा क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार (आज) खेलाडीको बिदाइ गरेको हो ।
लिभरपुलमाथि रियलको सानदार जित
स्पेनिस पावर हाउस रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलमाथि सानदार जित निकालेको छ ।
अभ्यस्त पिचले सफलता दिलायो : कप्तान पौडेल
स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताउनुभएको छ।
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।
सङ्कटा झापा गोल्डकपको सेमिफाइनलमा
सङ्कटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा मंगलबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।
आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी
कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ ।
केपी ओली कपको ट्रफी सार्वजनिक
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट १७ गतेसम्म आयोजना हुन लागेको च्याम्पियनसिपको ट्रफी मंगलबार सार्वजनिक गरिएको हो ।
कालिगण्डकी गाउँपालिकामा अध्यक्ष कप सुरु
कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।