• १२ वैशाख २०८१, बुधबार

सङ्कटा र हिमालयन शेर्पा विजयी (फोटो फिचर)

blog

बुधबार भएको खेलमा प्रतिस्पर्धा गर्दै संकटा र एनआरटीका खेलाडी । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत २९ गते । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङ्गशालामा बुधबार भएको खेलमा  सङ्कटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

सङ्कटाले न्यूरोड टिम (एनआरटी) लाई २-१ गोल  अन्तरले पराजित गरेको हो । सङ्कटाका लागि जुनियर एन्कुंगे र मनिष डाँगीले गोल गर्नुभयो । जितसँगै सङ्कटा १२ अङ्कसहित सातौँ स्थानमा छ । एनआरटी ६ अङ्क जोड्दै ११ औँ स्थानमा छ । खेलको २२ औँ र ३७ औँ मिनेटमा सङ्कटाले गोल गर्दै जित निकालेको हो । ६२ औँ मिनेटमा एनआरटीले सान्त्वना गोल पर्काएको थियो । 

यस्तै बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपीएफलाई ५–३ गोल अन्तरले हराएको छ । च्यासल मैदानमा भएको खेलमा सत्यम शर्माले २ गोल गर्नुभयो सुदीप श्रेष्ठ, अबायोमी फाकुल्ने र विश्वास श्रेष्ठले १/१ गोल गर्नुभयो । यस्तै एपीएफका तर्फबाट आरमन्ड बियोङ, सनिश श्रेष्ठ र प्रदीप लामाले १/१ गोल गर्नुभयो । जितसँगै हिमालयन शेर्पाले  ९ अङ्क जोडेको छ । एपीएफको ११ अङ्क रहेको छ  ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।