नेशनल चेस च्याम्पियनसिप सुरु
प्रतियोगिताको पहिलो दिन खुलातर्फ उच्च रेटेड खेलाडी फिडेमास्टर रुपेश जैशवाल, अर्का फिडेमास्टर क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी, युवा खेलाडी पुरुषोत्तम सिलवालले जित निकाल्नु भएको छ ।
काठमाडौं टिम च्याम्पियन
१३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।
लयमा फर्कियो एनआरटी
न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगको लयमा फर्किएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।
एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाद्वारा दुई सय ३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।
लिड्सविरुद्ध लिभरपुलको गोल वर्षा
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्सको पोस्टमा गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा लिभरपलले लिड्सलाई उसैको मैदामा ६-१ गोलले हरायो ।
नेपाल मलेसियाविरुद्ध पहिले बलिङ गर्दै
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
सेर्पाको पोस्टमा फ्रेन्ड्सको गोल वर्षा
फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन सेर्पा क्लबको पोस्ट्मा गोल वर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्सले सेर्पालाई ६–० गोलले हरायो ।
मलेसियामाथि जितको छवि कायम राख्ने नेपालको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
आर्सनल र वेस्ट हामको बराबरी
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनल वेस्ट हाम युनाइटेडसँग बराबरीका रोकिएको छ ।
बार्सिलोनाले गेटाफेसँग अंक बाँड्यो
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गेटाफेसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
तीन हजार ४७० मिटरको उचाइमा ‘साहसिक पुरुष फुटबल’ प्रतियोगिता
तीन हजार ४७० मिटरकाे उचाईमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लव, दार्जिलिङले पहिलो भएको छ ।
एमबाप्पेको कीर्तिमानमा पीएसजीको सहज जित
घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलले हरायो । १० खेलाडीमा समेटिएको लेन्सलाई हराउन पीएसजीका लागि केलियन एमबाप्पे, लियोनल मेस्सी र भिटिन्हाले गोल गर्नुभयो ।
एपीएफमाथि सङ्कटाको कठिन जित
सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबमाथि कठिन जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सङ्कटाले एपीएफलाई १–० गोलले हरायो ।
नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट
नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको आयोजनामा मंगलबारदेखि नेसनल चेस च्याम्पियनसिप हुने भएको छ ।
राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार
स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ । नेपाली यूथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) को आयोजनामा हुने प्रतियोगिताका खेलहरू नक्सालस्थित नारायण चौरमा सञ्चालन गरिने बताइएको छ ।
एसीसी प्रिमियर कप : लिग–२ कै खेलाडीको निरन्तरता
मंगलबारदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अभ्यास खेलमा नेपालले ओमानलाई हरायो
एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ ।
मनाङलाई हराउँदै जावलाखेल शीर्षस्थानमा
मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीषृस्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले स्तब्ध बनायो ।
एपीएफलाई भलिबल उपाधि
प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सिमकोट गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हुम्लाबाट सङ्घीय संसदमा प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुुल लामाले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न
नेपाल एकायन कराँते सङ्घ, कंकेश्वरी शाखाको आयोजनामा छैटौँ अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
मानाभराले जित्यो सावादिन च्यालेन्ज कप उपाधि
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनमा सम्पन्न सावादिन च्यालेन्ज कप फुटबलको उपाधि मानाभरा खेलकुद समाजले जितेको छ।