चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा
चर्च ब्वाइज युनाइटेड झापाको चन्द्रगडीमा जारी प्रथम भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा चर्च ब्वाइ नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो ।
आईसीसी लिग–२ : स्कटल्यान्डसँग नामिबिया पराजित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हरायो ।
वडाध्यक्ष भलिबल कप उपाधि फुरुम्बुलाई
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा सम्पन्न वडाध्यक्ष भलिबल कपको उपाधि फुङ्लिङ नगरपालिका –१० फुरुम्बुले जितेको छ । फुङ्लिङ नगरपालिकाकै वडा ८ दोखुलाई ३–१ को सेटमा पराजित गर्दै फुरुम्बुले उपाधि जितेको हो ।
व्यवस्थित मैदान नभए पनि खेल गतिविधि बढ्दै
तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए ।
जिल्लास्तरीय आर्चरी प्रतियोगिता हुँदै
सङ्खुवासभा जिल्ला आर्चरी सङ्घले जिल्लास्तरीय आर्चरी प्रतियोगिता आयोजना गरेको छ । खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण मुल नारा सहित फागुन ११ देखि हुने प्रतियोगिता हुने आयोजक संस्थाले जनाएको छ ।
मच्छिन्द्रलाई सातौं राजर्षि जनक कप उपाधि
सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ ।
झापा गोल्डकप : भद्रपुरको विजयी सुरुवात
आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर झापा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
राष्ट्रिय र्याफ्टिङ भोटेकोशीमा
११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।
पाल्पामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
पाल्पा जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढीको सराईमा आइतबारदेखि सुरु भएको छ ।
सचिन स्मृति दौडको उपाधि दिनेशलाई
प्रजातन्त्र दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले आयोजना गरेको २०औं सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नुभएको छ ।
बुढासुब्बा गोल्डकप फागुन १३ बाट
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ ।
२९ पदकसहित कालिका मानवज्ञान प्रथम
बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोस्रो भएको छ । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।
इथोपियामा प्रशिक्षण लिँदै सन्तोषी
नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले इथोपियामा एथलेटिक्स प्रशिक्षणको अवसर पाउनुभएको छ । सन्तोषीलाई ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले ३५ दिने प्रशिक्षणको छात्रवृत्ति प्रदान गरेको हो ।
प्रिन्सलाई पुष्पलाल स्मृति ब्याडमिन्टन उपाधि
लिनिङ्ग १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
२४ वर्षपछि नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिप
१६औँ संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स सङ्घले फागुन २३ गते च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
आर्सनलले जित्दा सिटीको बराबरी
इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले जित निकाल्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई उसैको मैदानमा ४–२ गोलले हरायो ।
बार्सिलोनालाई पछ्याउँदै रियल
साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदै गरेको छ ।
इनरुवामा दौड प्रतियोगिता
सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक चार सय बढी धावकहरूको सहभागितामा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा भएको दौड प्रतियोगिताको उपाधि नेपाल प्रहरीका किरन लिम्बुले पाउनुभएको हो ।
नेपाल र भारतको दुवै खेल बराबरी
नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि बराबरीमा सकिएको छ । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल र भारत गोलरहित बराबरीमा रोकिए ।
सर्वाधिक स्वर्णसहित डुंगेश्वरको हातमा शिल्ड
१३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि डुङेश्वर गाउँपालिकाले हात पारेको छ । दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिका सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको हो । सर्वाधिक ७ स्वर्ण , २ रजत र ७ कांस्य गरी सर्वाधिक १५ पदक जित्न सफल भएको छ ।
क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको टिमलाई शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिनुभएको हो।
पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौँ : ज्ञानेन्द्र मल्ल
नामिबियाविरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताउनुभएको छ।
धनकुटामा राष्ट्रपति रनिङ शिल्ड सुरु
जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवम् गोकुण्डेश्वर माध्यमिक विद्यालयको आयोजनामा खेलकुद सुरुभएको हो ।
डिसिएको सहज जित
भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले सहज जित हात पारेको छ ।