• ११ मंसिर २०८१, मङ्गलबार

मेस्सी र रामोसको गोलमा पीएसजी विजयी

blog

गोल गरेपछि पीएसजीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २६ गते । फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्षटोली पीएसजीले नाइसलाई २–० गोलले हरायो ।

पीएसजीको जितमा कप्तान लियोनल मेस्सै र सर्जियो रामोसले एक एक गोल गर्नुभयो । मेस्सीले २६औँ मिनेटमा गो गर्दै टोलीको उत्साह जगाउनुभएको थियो । त्यसपछि ७६औँ मिनेटमा रामोसले मेस्सीको पासमा गोल गर्दै टोलीलाई जिताउनुभयो । 

जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अङ्कको अग्रता बनाएको छ । पीएसजीको ३० खेलबाट ६९ अङ्क छ । पराजित नाइस ४५ अङ्कसहित आठाैँ स्थानमा छ । दोस्रो स्थानमा रहेको लेन्सको ६३ अङ्क छ । शनिबार राति नै भएको खेलमा लेन्सले स्टार्सबर्गलाई २–१ गोलले हरायो । एजेन्सी