• १२ मंसिर २०८१, बुधबार

टेबलटेनिस टोली कोरिया जाने

blog

विदाई पछि टेबलटेनिस टोली । तस्बिर : राखेप

काठमाडौं, चैत २६ गते । दोस्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । 

जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष् महता हुनुहुन्छ । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डङ्गोल रहनुभएको छ । टोलीको प्रशिक्षकमा आईटीटीएफ लेभल २ सर्टिफाइड टेबलटेनिस प्रशिक्षक ज्याकी महर्जन हुनुहुन्छ । 

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगितापछि जुनियर खेलाडीले दक्षिण कोरियामै ३ महिने प्रशिक्षणमा सहभागी हुनेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।