• १० मंसिर २०८१, सोमबार

सन्दीपको मुद्दामा चिकित्सकको बकपत्र गराउने आदेश

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २६ गते । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६०) लाई परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन आदेश गरेको छ ।

न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई बकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । 

तत्कालीन समयमा परीक्षण गर्ने डा. बिदामा रहेको र उहाँको सट्टामा अर्को डाक्टरको बकपत्र गराइएको देखिएकाले पुनः बकपत्र गराउन आदेश गरेको आदेशमा छ । लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । रासस