आईसीसी लिग–२ : नामिबियामाथि नेपालको सानदार जित
ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हरायो ।
खेल मैदानको प्यारापिट निर्माण कार्य अलपत्र
सिमकोट गाउँपालिका –५ स्थित सिमसार क्षेत्रमा रहेको रङ्गशालामा निर्माण भइरहेको प्यारापिटको निर्माण कार्य अलपत्र परेको छ । सो प्यारापिट निर्माणका लागि पहिलो वर्ष बजेटको ब्यवस्था भए पनि त्यसयता बजेटको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिदै आएको हो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रेसुङ्गामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
गुल्मीको रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
‘दशौं राष्ट्रिय खेलकुद कर्णालीको गौरव’
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र गौरवको विषय भएको बताउनु भएको छ ।
नेपालगन्जमा क्रिकेट मैदानको अभाव
क्रिकेटमा नेपालगन्जका खेलाडीले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाउँदै आएपनि क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ ।
राखेप कर्मचारी सङ्घको अध्यक्षमा केसी निर्वाचित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित हुनुभएको छ । नेपाल गन्जमा फागुन ४ र ५ गते भएको सङ्घको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
आईसीसी लिग–२ : नेपाललाई नामिबियाको दुई सय ७५ रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई नामिबियाले जितको लागि दुई सय ७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो ।
आईसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालको लगातार दोस्रो जित
दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पारी खेलेपछि शुक्रबार नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको पहिलो खेलमा ३ विकेटको सहज जित निकालेको छ ।
स्कटल्याण्डसँग जितका लागि नेपाललाई २७५ रनको चुनौती
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज (शुक्रबार) भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो ।
आयोजक चिशंखुगढीलाई अध्यक्ष कप भलिबल उपाधि
चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि आयोजकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउँदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो ।
स्पोर्ट्स अवार्डलाई एडिडासको साथ
१९औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडासले सहयोग गर्ने भएको छ ।
पविन र प्रनिश क्वाटरफाइनलमा
त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी लिनिङ १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
न्यु डायमन्ड कप अर्को साता
बागमती प्रदेश न्यु डायमन्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप फागुन ९ देखि १३ गतेसम्म हुने भएको छ । आयोजक न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको हो ।
अन्तरनगर खो खो प्रतियोगिता फागुन ५ देखि
भक्तपुर नगरपालिकाले पहिलो पटक अन्तरनगर खो खो प्रतियोगिता आयोजना गर्न लागेको छ । नेपाल खो खो सङ्घ र भक्तपुर खो खो सङ्घको सहयोगमा हुन लागेको सो प्रतियोगितामा देशभरबाट १४ वटा नगरपालिकाले भाग लिएका छन् ।
आर्सनललाई हराउँदै सिटी शीर्षस्थानमा
चार महिना शीर्षस्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
रियल म्याड्रिडको सानदार जित
रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोलले हरायो ।
डर्टमुन्डसँग चेल्सी पराजित
इङ्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टर फाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग हार खेलेको छ ।
नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता एपीएफका खेलाडी सम्मानित
असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल विभागीय टोली एपीएफ क्लबका खेलाडी सम्मानित भएका छन् ।
स्कटल्यान्ड क्रिकेट लिग–२ च्याम्पियन
प्रारम्भिक ब्याट्सम्यान जर्ज मुन्से विस्फोटक अविजित शतकीय पालि खेलेपछि स्कटल्यान्डले बुधबार नामिबियालाई सजिलै १० विकेटले हराएर आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ। स्कटल्यान्ड तीन खेलअघि नै च्याम्पियन बनेको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा एक टिमले ३६ खेल खेल्नुपर्ने प्रावधान छ। स्कटल्यान्डले ३३ खेलमा २३ मा जित र आठमा हारसहित ४८ अङ्क बनायो। अब अन्य छ टिमले पछाडि पार्न नसक्ने स्थिति बनेपछि शीर्ष स्थानमा रहेको स्कटल्यान्डले उपाधि जितेको हो। ३६ खेल खेलेको ओमानले ४४ अङ्क बनाएको छ। तेस्रो स्थानमा रहेको नामिबियाले ३२ खेलमा ३७ अङ्क बनाएको छ। नेपाल २५ खेलमा नौ जित १४ हारसहित २० अङ्कमा छ। सात टिम सम्मिलित विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौँ स्थानमा रहेको छ।
भारतसँग नेपालको रोचक बराबरी
खेलको अन्तिममा नेपालकी सावित्रा भण्डारीले सानदार गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको मैत्रीपूर्ण खेल रोचक बराबरीमा सकिएको छ ।
टी–२० खेल मिलेमतोमा १२ जना अभियुक्त
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० क्रिकेट खेलमा भएको मिलेमतो (म्याच फिक्सिङ)बारे अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा खेल मिलेमतोमा संलग्न खेलाडी, व्यवस्थापक तथा सहयोगी गरी १२ जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले खेल मिलेमतोमा संलग्न पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम तथा नितेश गुप्तालाई पक्राउ गरी बयान लिएको थियो।
मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी
गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो ।