• १५ वैशाख २०८१, शनिबार

लुम्बिनी हाफ म्याराथन, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

blog

हाफ म्याराथन तथा राष्ट्रिय भेलाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत १८ गते । रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता हुनेभएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा राष्ट्रिय भेला तथा प्रतियोगिता हुनेछ ।

सो कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । 

लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्याराथनको दूरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेहरूले २० चैतसम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । 

म्याराथन प्रतियोगितामा जिल्ला बाहिरका सहभागी खेलाडीलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताउनुभयो । म्याराथुनतर्फ प्रथम हुने पुरुषले एक लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार, तृतीय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् । 

त्यसैगरी पाँचौँ हुनेलाई २० हजार, छैंठौ हुनेलाई १० हजार, सातौँ हुनेलाई ७ हजार, आठौँ हुनेलाई पाँच हजार, नवौँ र दशौं हुनेलाई पाँच–पाँच हजार दिने उहाँले बताउनुभयो ।

त्यसैगरी महिलातर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौँ हुनेलाई २० हजार, छैटौँ हुनेलाई १० हजार, सातौँ हुनेलाई ७ हजार, आठौँ, नवौँ र दशौं हुनेलाई पाँच–पाँच हजार दिने आयोजकको भनाइ छ । प्रतियोगितामा सयौँको सहभागिता रहने आचार्यको भनाइ छ । २०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दैआएको छ ।