• १३ असार २०८१, बिहिबार

एनसेल बाह्रखरी गल्फ वैशाखमा

blog

एनसेल बाह्रखरी गल्फ विजेताको ट्रफी सार्वजनिक गरिँदै । तस्बिर सौजन्य : बाह्रखरी मिडिया

काठमाडौं, चैत १९ गते । छैटौँ संस्करणको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता वैशाख ९ गते हुने भएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको हो ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सञ्चालन हुने एक दिने प्रतियोगितामा देशभरका एक सय १० एमेच्योर खेलाडीको सहभागिता रहने छ । जसमा १२ जना महिला गल्फरले पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका खेलहरू स्टेबल फोर्ड विधामा खेलाइने बताइएको छ । प्रतियोगिताको विजेताले एक तोला सुन बराबरको गल्फ बल पुरस्कार पाउनेछ । यसैगरी उपविजेता, बेस्ट ग्रोस, महिला विजेता, महिला उपविजेता, सिनियर (६० बर्षमाथि) विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु दि पिन, मोस्ट बर्डी लगायत विधाका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।

बाह्रखरी मिडियाले कर्पोरेट सामाजिक उत्तर दायित्व अन्तर्गत गल्फ प्रतियोगिता सञ्चालन गर्दै आएको र भविष्यमा यसले निरन्तरता पाई रहने बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले बताउनुभयो ।