युनाइटेडले जित्दा आर्सनल र लिभरपुल पराजित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।
मेस्सीको निर्णायक गोलमा पीएसजी विजयी
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा टुलुसविरुद्ध कठिन जित निकालेको छ । घरेलु मैदानामा आइतबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोलले हरायो ।
ओखलढुंगालाई रेजिना कप भलिबल उपाधि
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
पत्रकार सुमनको सम्झनामा फुटबल प्रतियोगिता
मुगुको सदरमुकाम गमगढीमा स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा पहिलो सुमन मल्ल स्मृति पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
साफ यू–२० महिला फुटबल : नेपालको खराब सुरुवात
बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।
दाङमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु
घोराहीमा लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।
नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट
नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्चमाविको खेल मैदानमा हुँदैछ
नवीता र रविना फाइनलमा
राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पूरा
धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को तयारी पूरा भएको छ ।
‘ए’ डिभिजन लिग : सकिने बेलामा तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिले तय गरेको समयमा शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरेको भए लिग करिव सकिने बेला भयो ।
रियलको सहज जित
कप्तान करिम बेन्जेमाको चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई २–० गोलले हरायो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
धनुषामा हुने महिला राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा
पाँचौ संस्करणको सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ । नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो ।
भेट्रान ५५ वर्षमाथि कपुरलाई स्वर्ण
एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
सन्दीप राष्ट्रिय टोलीको सम्पर्कमा
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्याम्पमा सहभागिताका लागि प्रशिक्षक र फिटनेस टोलीसँग सम्पर्क गर्नुभएको छ ।
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल) को उद्घाटन गर्नुभएको छ ।
काराबाओ कप : युनाइटेड र न्युक्यासलबीच उपाधि भिडन्त
म्यानचेस्टर युनाइटेड काराबाओ (इएफएल ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा युनाइटेडले नटिङघम फरेस्टलाई २-० गोलले हरायो ।
क्रिकेटरको श्रेणी वर्गीकरण : ‘ए’ लाई मासिक ६० हजार
नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्द्रीय सम्झौतामा रहने खेलाडीको नयाँ श्रेणी (ग्रेड) सार्वजनिक गरेको छ । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले खेलाडीको नयाँ श्रेणी तय गरेको हो ।
भारतले जित्यो सिरिज
न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बुधबार राति भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली न्युजिल्यान्डलाई एक सय ६८ रनले हरायो ।
एमबाप्पे घाइते भएको खेलमा पीएसजी विजयी
टोलीका प्रभावशाली खेलाडी केलियन एमबाप्पे घाइते भएपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोन्टेपेलियरविरुद्ध सहज जित निकालेको छ ।
उपाधि दौडमा बार्सिलोना बलियो
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि दौड थप बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलेनाले रियल बेटिसलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित
अखिल नेपाल फुटबल (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङ एसियाली फुटबल महासङ्घ (एएफसी) को सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
काभ्रेपलाञ्चोकमा खेलकुद महोत्सव हुँदै
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुने भएको हो ।
शिवराज खेल महोत्सव आजदेखि सुरु
कपिलवस्तुको शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सञ्चालनमा आएको छ । बुधवारदेखि सुरु भएको खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता सञ्चालन हुनेछ ।